Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हैजा नियन्त्रणका लागि पूर्वतयारी सुदृढ बनाउन दुईदिने कार्यशाला सम्पन्न

सहभागीहरूले हैजा रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरिएका प्रयास, प्राप्त उपलब्धि, सिकाइ, चुनौती र आगामी रणनीतिबारे विस्तृत समीक्षा गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १२, २०८३
हैजा नियन्त्रणका लागि पूर्वतयारी सुदृढ बनाउन दुईदिने कार्यशाला सम्पन्न

वीरगंज (पर्सा), १२ असार । हैजालगायत जलजन्य तथा सरुवा रोगको सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्न पूर्वतयारी सुदृढ बनाउने उद्देश्यले आयोजित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र अनुभव आदानप्रदान’ विषयक दुईदिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा वीरगंजस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा सञ्चालन गरिएको कार्यशालामा विगतका अनुभव, सिकाइ र प्रभावकारी प्रतिकार्यका उपायबारे व्यापक छलफल गरिएको आयोजकले जनाएको छ ।

कार्यशालाको समापन कार्यक्रममा ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोलका एशिया क्षेत्रीय प्रबन्धक डा. अभिषेक रिमाल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ, पर्सा शाखाका सभापति वृजकिशोर पटेल, कोषाध्यक्ष दयाशंकर सिंह, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझा र लक्ष्मी पाण्डेलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय पर्सा र बाराका प्रतिनिधि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. प्रकट अर्याल, युनिसेफका अनिश शर्मा सुवेदी, मेघराज मगर तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए । दुई दिनसम्म चलेको कार्यशालामा सरकारी तथा गैरसरकारी संस्था, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले हैजा रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरिएका प्रयास, प्राप्त उपलब्धि, सिकाइ, चुनौती र आगामी रणनीतिबारे विस्तृत समीक्षा गरेका थिए । कार्यक्रमका वक्ताहरूले जलजन्य तथा सरुवा रोगको जोखिम अझै कायम रहेकाले समयमै पूर्वतयारी, प्रभावकारी निगरानी प्रणाली, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता, सरसफाइ प्रवद्र्धन तथा स्वास्थ्य संस्थाको क्षमता सुदृढीकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

कार्यशालाबाट प्राप्त अनुभव, सुझाव र सिकाइलाई आगामी कार्ययोजनामा समेट्दै हैजा नियन्त्रण तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन् । साथै, सरकारी निकाय, विकास साझेदार संस्था तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाबीचको समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै सम्भावित प्रकोपको प्रभावकारी व्यवस्थापनमा एकीकृत रूपमा अघि बढ्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

Tags: हैजा नियन्त्रणका लागि दुईदिने कार्यशाला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि