Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

२०७९ सालमा स्थापना भएको मधेश विश्वविद्यालय हालसम्म पूर्ण विकसित प्रादेशिक विश्वविद्यालयको रूपमा स्थापित हुन नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । विश्वविद्यालयले व्यवस्थापन, सार्वजनिक प्रशासन र कानुनजस्ता सीमित कार्यक्रम मात्र सञ्चालन गरिरहेको तथा विज्ञान र प्रविधिमूलक विषयहरू पूर्ण रूपमा अनुपस्थित रहेको भन्दै यसले मधेशका विद्यार्थीहरूलाई आधुनिक तथा प्रतिस्पर्धी शिक्षाबाट वञ्चित गरिरहेको दाबी गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०८३
मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

वीरगंज (पर्सा), १० असार । मधेश विश्वविद्यालयलाई वास्तविक अर्थमा बहुविषयक प्रादेशिक विश्वविद्यालयका रूपमा विकास गर्न माग गर्दै विद्यार्थी, शिक्षा प्रेमी युवा तथा नागरिकहरूको तर्फबाट प्रभाकर साहले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । उपकुलपति प्रो. डा. दीपकबहादुर शाक्यलाई बुझाइएको ज्ञापनपत्रमा विश्वविद्यालयको शैक्षिक दायरा विस्तार गर्दै विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधिलगायत प्राविधिक संकाय तत्काल सञ्चालन गर्न आग्रह गरिएको छ ।

२०७९ सालमा स्थापना भएको मधेश विश्वविद्यालय हालसम्म पूर्ण विकसित प्रादेशिक विश्वविद्यालयको रूपमा स्थापित हुन नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । विश्वविद्यालयले व्यवस्थापन, सार्वजनिक प्रशासन र कानुनजस्ता सीमित कार्यक्रम मात्र सञ्चालन गरिरहेको तथा विज्ञान र प्रविधिमूलक विषयहरू पूर्ण रूपमा अनुपस्थित रहेको भन्दै यसले मधेशका विद्यार्थीहरूलाई आधुनिक तथा प्रतिस्पर्धी शिक्षाबाट वञ्चित गरिरहेको दाबी गरिएको छ ।

ज्ञापनपत्रमा उपकुलपति शाक्यको वीरगञ्ज पब्लिक कलेज (बीपीसी) सँगको प्रत्यक्ष संलग्नताले द्वन्द्वको हित (Conflict of Interest) को अवस्था सिर्जना गरेको आरोपसमेत लगाइएको छ । विश्वविद्यालयको शैक्षिक विस्तार र नीतिगत निर्णयहरूमा यसले प्रभाव पार्न सक्ने भन्दै विद्यार्थी पक्षले पारदर्शिता र जवाफदेहिताको माग गरेको छ । प्रभाकर साहले आजको विश्वव्यापी शैक्षिक परिवेशमा विश्वविद्यालयहरू बहुविषयक, अनुसन्धानमुखी र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै मधेश विश्वविद्यालय अझै सीमित शैक्षिक संरचनामा अल्झिएको बताए । उनका अनुसार प्रदेशका हजारौं विद्यार्थी विज्ञान तथा प्रविधि अध्ययनका लागि घर छोड्न बाध्य भइरहेका छन् ।

ज्ञापनपत्रमार्फत आगामी शैक्षिक सत्रभित्र विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि तथा अन्य प्राविधिक संकाय सञ्चालनको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न, द्वन्द्वको हितसम्बन्धी प्रश्न समाधान गर्न, शिक्षक नियुक्ति तथा स्रोत व्यवस्थापनमा पारदर्शिता कायम गर्न र पूर्वाधार विकासका लागि निश्चित समयसीमा घोषणा गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रो. डा. शाक्यले विज्ञान तथा इन्जिनियरिङसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालयको स्पष्ट इच्छा रहेको बताए । तर आवश्यक जग्गा, पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण तत्काल ती कार्यक्रम सुरु गर्न चुनौती रहेको उनको भनाइ थियो ।

‘उच्च माग भएका र नेपालमा सीमित रूपमा उपलब्ध कोर्सहरू सञ्चालन गर्ने हाम्रो योजना छ । हामी फरक पहिचान बोकेको विश्वविद्यालय निर्माणको दिशामा अघि बढिरहेका छौं । विज्ञान तथा प्रविधिलाई विश्वविद्यालयको विकासबाट अलग राख्ने कुनै सोच छैन,’ उनले भने । यद्यपि ज्ञापनपत्रमा उठाइएको द्वन्द्वको हितसम्बन्धी प्रश्नमा भने उपकुलपतिले स्पष्ट प्रतिक्रिया दिएका छैनन् ।

हाल दक्षिण कोरियाको उनेस (UNIST) मा इन्टिग्रेटेड पीएचडी इन बायोटेक्नोलोजी अध्ययनरत प्रभाकर साह विगत दुई वर्षदेखि मधेशमा विज्ञान तथा प्रविधि शिक्षाको पहुँच विस्तारका लागि विभिन्न पहल गर्दै आएका छन् । आफ्नै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको विज्ञान तथा प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले आफूले अभियान चलाइरहेको उनले बताए । उनका अनुसार ‘म जस्तै विज्ञान र प्रविधि अध्ययन गर्न चाहने हजारौं विद्यार्थीले भविष्यमा आफ्नो घर–परिवार र समाज छोडेर बाहिर जानुपर्ने बाध्यता अन्त्य होस् भन्ने उद्देश्यले यो पहल अघि बढाइएको हो ।’

Tags: विज्ञान-प्रविधि शिक्षाको विस्तार माग्दै मधेश विश्वविद्यालयमा दबाब
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि