Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

प्रस्तुत बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण तथा आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँटबाट प्राप्त हुने स्रोतलाई आधार मानेर बजेट तयार गरेको जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

कलैया (बारा), १० असार । देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित गाउँपालिकाको १६औँ गाउँसभामा अध्यक्ष उदय प्रसाद यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

प्रस्तुत बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण तथा आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँटबाट प्राप्त हुने स्रोतलाई आधार मानेर बजेट तयार गरेको जनाएको छ । गाउँपालिकाको आन्तरिक आम्दानी ३ करोड ७० लाख रुपैयाँ रहने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६९ लाख ७१ हजार रुपैयाँ रहनेछ ।

त्यस्तै संघीय सरकारबाट सशर्त अनुदानतर्फ १४ करोड ३८ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३७ लाख रुपैयाँ र विशेष अनुदानतर्फ १ करोड ८० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । संघीय राजस्व बाँडफाँटबाट ८ करोड १५ लाख ७६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट समपूरक अनुदान ४० लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ, सशर्त अनुदान २ करोड ५० लाख रुपैयाँ तथा राजस्व बाँडफाँटबाट ४४ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।

कुल बजेटमध्ये चालु खर्चतर्फ २३ करोड १३ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चका लागि १६ करोड ५६ लाख ७१ हजार रुपैयाँ छुट्याइएको छ । क्षेत्रगत रूपमा सामाजिक विकासतर्फ सबैभन्दा बढी १४ करोड ८० लाख १५ हजार २३० रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासका लागि १० करोड २१ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ भने आर्थिक विकासतर्फ २ करोड ७० लाख १३ हजार ६२० रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ५० लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ११ करोड २९ लाख ५१ हजार १५० रुपैयाँ व्यवस्था गरिएको छ । गाउँपालिकाले प्रस्तुत गरेको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिँदै समग्र विकासलाई गति दिने लक्ष्य लिएको जनाएको छ ।

सार्वजनिक गरिएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाइ, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ । गाउँपालिकाले कृषिको आधुनिकीकरण, सिंचाइ विस्तार, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य संस्थाको सुदृढीकरण, ग्रामीण सडक स्तरोन्नति तथा खानेपानी व्यवस्थापनका कार्यक्रमलाई विशेष प्राथमिकतासाथ अघि बढाउने जनाएको छ । साथै महिला, दलित, विपन्न तथा पिछडिएका समुदायको उत्थानका लागि लक्षित कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द रायको कार्यसम्पादनको विशेष प्रशंसा गरिएको थियो । गाउँपालिका अध्यक्षसहित विभिन्न जनप्रतिनिधिहरूले सीमित स्रोत–साधनका बाबजुद प्रशासनलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन रायले उल्लेखनीय योगदान पुर्‍याएको बताए । जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्दै विकास निर्माणका कार्यलाई गति दिन, आर्थिक अनुशासन कायम गर्न तथा सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउन उनको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरिएको थियो ।

Tags: देवताल गाउँपालिकाको बजेटः सामाजिक विकासमा लगानी बढी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि