Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट ९२.३ ग्राम ब्राउनसुगर सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

गोलबजार (सिरहा), ८ असार । सिरहाको सीमावर्ती क्षेत्रमा ठुलो परिमाणको प्रतिबन्धित खैरो हेरोइन सहित दुई जना भारतीय तस्कर पक्राउ परेका छन् । लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोली र तस्करहरूबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोलीसमेत चलाउनुपरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट ९२.३ ग्राम ब्राउनसुगर सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चेकजाँचका क्रममा लागूऔषधसहित फेला परेपछि तस्करको समूहले पक्राउबाट बच्न अचानक प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो ।

प्रहरीलाई आक्रमण गर्दै उनीहरू सीमापारि भारततर्फ भाग्न खोजेपछि प्रतिरक्षा र तस्करलाई रोक्न प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि पनि आत्मसमर्पण नगरेपछि प्रहरीले चलाएको एक राउण्ड गोली लागेर एक तस्कर घाइते भएका छन् । गोली लागेर भारतको बिहार, मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका हुन् । उनको खुट्टामा गोली लागेको छ ।

सोही झडप र ढुङ्गामुढाका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर पनि घाइते भएका छन् । घाइते भएका तस्कर पासवान र प्रहरी जवान ठाकुर दुवै जनाको यतिबेला प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट ढुङ्गामुढा प्रहार गरी भाग्न खोज्ने भारत, मधुवनीकै अन्दाजी १७ वर्षीय रमन कुमार पासवानलाई समेत नियन्त्रणमा लिएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय सप्तरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि