Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारामा यात्रुवाहक बस दुर्घटना, ८ जना घाइते, एकको अवस्था गम्भीर

वीरगंजबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस वीरगंज–पथलैया सडक खण्डमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८३
बारामा यात्रुवाहक बस दुर्घटना, ८ जना घाइते, एकको अवस्था गम्भीर

नितनपुर (बारा), ७ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । वीरगंजबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस वीरगंज–पथलैया सडक खण्डमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

दुर्घटनासँगै घटनास्थलमा केहीबेर अफरातफरीको अवस्था सिर्जना भएको थियो । दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर–सिमरा तथा सशस्त्र प्रहरी बलको सुरक्षा बेस जितपुर बकुलियाबाट खटिएको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । उद्धार टोलीले तत्काल घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएको थियो । प्रहरीका अनुसार सातजना घाइतेहरूको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपचाररत घाइतेहरूमा कमलेश यादव, रुबी यादव, शिवानी यादव, रामनरेश प्रसाद, नरेश पञ्जियार, धनञ्जय प्रसाद चौरसिया र सुनिता यादव रहेका छन् । त्यसैगरी सिराहाका चिनीलाल श्रेष्ठको तराई हस्पिटलमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको बताइएको छ । अन्य घाइतेहरूको अवस्था भने खतरामुक्त रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको बसले अर्को सवारी साधनलाई उछिन्ने प्रयास गर्दा चालकले नियन्त्रण गुमाएको र त्यसपछि बस सडकमा पल्टिएको देखिएको छ । दुर्घटनापछि बस चालक घटनास्थलबाट फरार भएका कारण उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण केही समय उक्त सडक खण्डमा यातायात प्रभावित भएको थियो । सडकमा पल्टिएको बसले आवागमनमा अवरोध पुर्‍याएपछि प्रहरी र स्थानीयको सहयोगमा बस हटाउने कार्य गरिएको थियो । बस हटाइएपछि वीरगंज–पथलैया सडक खण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।

व्यस्त मानिने वीरगंज–पथलैया सडक खण्डमा पछिल्लो समय बढ्दो सवारी चाप र तीव्र गतिका कारण दुर्घटनाका घटना दोहोरिन थालेका छन् । यस घटनाले पुनः एकपटक सवारी चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित गति र सावधानीपूर्वक सवारी सञ्चालनको आवश्यकता महसुस गराएको छ । प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ भने फरार चालकलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

Tags: यात्रुवाहक बस दुर्घटना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

असार ७, २०८३
भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

असार ७, २०८३
कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

असार ७, २०८३
अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

असार ७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि