Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डोजर कारबाहीविरुद्ध वीरगंजमा सिटी जुलुसः ‘जनतालाई उठीबास गराउन बन्द गर’ भन्दै आक्रोश

पुनर्वास, क्षतिपूर्ति तथा वैकल्पिक व्यवस्थाको माग गर्दै सडकमा उत्रिएका स्थानीयहरूले सरकारी कदमलाई अमानवीय र अव्यवस्थित भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘हाम्रो घर सुरक्षित गर’, ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी बनाउन पाइँदैन’, ‘जनतालाई उठीबास गराउन बन्द गर’, ‘हामीलाई न्याय चाहिन्छ’, ‘मेनरोडलाई सहरी सडक घोषणा गर’ तथा ‘ऐतिहासिक शहरको सम्मान गर’ जस्ता नारा लगाएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०८३
डोजर कारबाहीविरुद्ध वीरगंजमा सिटी जुलुसः ‘जनतालाई उठीबास गराउन बन्द गर’ भन्दै आक्रोश

तस्विर : जाकिर हुसेन

वीरगंज (पर्सा), ६ असार । वीरगंजको मुख्य सडक क्षेत्रमा सरकारले सञ्चालन गरेको घर तथा संरचना हटाउने कारबाहीविरुद्ध प्रभावित स्थानीय बासिन्दाहरूले शनिबार साँझ सिटी जुलुस निकालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । पुनर्वास, क्षतिपूर्ति तथा वैकल्पिक व्यवस्थाको माग गर्दै सडकमा उत्रिएका स्थानीयहरूले सरकारी कदमलाई अमानवीय र अव्यवस्थित भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

आदर्शनगर चोकबाट सुरु भएको जुलुसमा प्रभावित परिवारका सदस्यहरू, स्थानीय नागरिक तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । सिटी बजाउँदै र विभिन्न नाराहरू लगाउँदै प्रदर्शनकारीहरू घण्टाघरतर्फ पुगेका थिए, जहाँ कोणसभामा परिणत भएको कार्यक्रममार्फत आफ्ना मागहरू सार्वजनिक गरिएको थियो ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘हाम्रो घर सुरक्षित गर’, ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी बनाउन पाइँदैन’, ‘जनतालाई उठीबास गराउन बन्द गर’, ‘हामीलाई न्याय चाहिन्छ’, ‘मेनरोडलाई सहरी सडक घोषणा गर’ तथा ‘ऐतिहासिक शहरको सम्मान गर’ जस्ता नारा लगाएका थिए । उनीहरूले विकासको नाममा नागरिकको आवास अधिकारमाथि हस्तक्षेप गरिएको आरोप लगाउँदै राज्यले संवेदनशील ढंगले समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।

स्थानीयवासीहरूका अनुसार सरकारी निकायले सञ्चालन गरेको संरचना हटाउने अभियानका क्रममा दर्जनौं परिवार प्रत्यक्ष प्रभावित भएका छन् । कतिपयको घर तथा व्यवसायिक संरचनामा क्षति पुगेको छ भने कतिपय परिवार विस्थापनको जोखिममा परेका छन् । प्रभावितहरू भन्छन्, कुनै स्पष्ट पुनर्वास योजना वा उचित क्षतिपूर्तिको व्यवस्था नगरी गरिएको कारबाहीले उनीहरूको दैनिक जीवन नै संकटमा परेको छ ।

प्रदर्शनकारीहरूले वीरगञ्ज केवल एउटा शहर मात्र नभई नेपालको आर्थिक केन्द्र तथा देशको प्रमुख प्रवेशद्वार भएको स्मरण गराउँदै यसको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई बेवास्ता गरेर सञ्चालन गरिएका गतिविधिहरूले शहरको मौलिक स्वरूप नै समाप्त पार्ने खतरा बढाएको बताएका छन् ।

कोणसभामा बोल्ने वक्ताहरूले विकास र सडक विस्तारको नाममा नागरिकलाई विस्थापित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिएका थिए । उनीहरूले राज्यले जनताको भावना, सम्पत्तिको सुरक्षा र आवास अधिकारलाई सम्मान गर्दै वार्ता तथा सहमतिका आधारमा समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।

प्रभावित बासिन्दाहरूले तत्काल उचित क्षतिपूर्ति, वैकल्पिक आवासको व्यवस्था, पुनर्वास योजना तथा संरचना हटाउने कार्यको पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

वीरगंजमा पछिल्लो समय मेनरोड क्षेत्रमा भइरहेको संरचना हटाउने अभियानलाई लिएर जनस्तरमा चर्को बहस सुरु भएको छ । एकातर्फ सडक विस्तार र सहरी व्यवस्थापनको आवश्यकता औंल्याइँदै आएको छ भने अर्कोतर्फ प्रभावित नागरिकहरूको अधिकार, पुनर्वास र मानवीय पक्षलाई बेवास्ता गरिएको भन्दै विरोध बढ्दै गएको छ । यहीबीच शनिबारको सिटी जुलुसले प्रभावितहरूको असन्तुष्टि सडकमा पोखिएको संकेत गरेको छ ।

Tags: अतिक्रमित संरचना हटाउनेविरुद्ध सिटी जुलुससहित विरोध प्रदर्शन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास

असार ६, २०८३
मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

असार ६, २०८३
भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

भारतीय एसएसबीले कडाई गरेपछि सीमावर्ती क्षेत्रमा आवतजावत गर्न समस्या

असार ६, २०८३
प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

प्रेस स्वतन्त्रता सेनानी एवं गोरखापत्र समाचारदाता यादवमाथि आक्रमण

असार ६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि