Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संघीयतालाई अझै सशक्त बनाउन मुलुकमा १० प्रदेश बनाउनुपर्छः अध्यक्ष यादव

अध्यक्ष यादवले मधेशका जनताले आफूहरूलाई संघीयताको रक्षाका लागि मतदान गरेको उल्लेख गर्दै जनताको विश्वास र अधिकारको रक्षा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । उनले वर्तमान सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनीहरूलाई घरबारविहीन बनाउने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३१, २०८३
संघीयतालाई अझै सशक्त बनाउन मुलुकमा १० प्रदेश बनाउनुपर्छः अध्यक्ष यादव

वीरगंज (पर्सा), ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई अझ सशक्त र प्रभावकारी बनाउन हालको ७ प्रदेशको संरचनालाई पुनरावलोकन गरी १० प्रदेश बनाउनु पर्ने बताएका छन् ।

वीरगंजस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेशका जनताले आफूहरूलाई संघीयताको रक्षाका लागि मतदान गरेको उल्लेख गर्दै जनताको विश्वास र अधिकारको रक्षा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । उनले वर्तमान सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनीहरूलाई घरबारविहीन बनाउने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारे ।

सरकारले सुकुम्बासीहरूको समस्या समाधानका लागि ठोस योजना ल्याउनुपर्ने उनको भनाइ थियो । अध्यक्ष यादवले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै विद्युत्मा मूल्य अभिवृद्धि कर लगाउने निर्णय गलत भएको बताए । विद्युतमा लगाइएको कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै उहाँले यसले आम उपभोक्ता तथा उद्योग व्यवसायलाई थप भार पर्ने धारणा राखे ।

यसैबीच अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष यादवले नेपालले भारतसहित कुनै पनि देशको भूमि अतिक्रमण गरेको भन्ने दाबीको कुनै आधिकारिक आधार नभएको बताए । आफू दुईपटक परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै अध्यक्ष यादवले नेपालले छिमेकी मुलुकको भूमि अतिक्रमण गरेको विषयमा अहिलेसम्म कुनै प्रमाण वा आधिकारिक जानकारी प्राप्त नभएको बताए ।

उनले भारतले समेत नेपालले आफ्नो भूमि मिचेको भनी औपचारिक रूपमा कुनै दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले नेपालले भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिनुभएकोप्रति आश्चर्य व्यक्त गरे । अध्यक्ष यादवले राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका संवेदनशील विषयमा अभिव्यक्ति दिँदा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री शाहलाई आफ्नो दाबी पुष्टि गर्न आवश्यक प्रमाण सार्वजनिक गर्न चुनौतीसमेत दिए । उनले यस्ता विषयमा अनावश्यक भ्रम सिर्जना हुने खालका अभिव्यक्तिले देशको कूटनीतिक सम्बन्धमा असर पर्न सक्ने भएकाले जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे ।

Tags: जनता समाजवादी पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आवासीय चिकित्सकहरुलाई छात्रावास खाली गर्न दिइएको निर्देशन तत्कालको लागि स्थगित

रेजिडेन्ट चिकित्सक २४ दिनदेखि आन्दोलनमा, ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ छानबिन गर्न माग

अशोज २२, २०८३
नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

अशोज २२, २०८३
एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

अशोज २२, २०८३
पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

अशोज २२, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि