Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुलमुनिको सडकखण्डमा भारततर्फ जाँदै गरेको बी.म.न.पा. १ ह १–०७९६ नम्बरको अटो रिक्सालाई रोकेर जाँच गरेको थियो । जाँचका क्रममा अटोमा भन्सार प्रक्रिया पूरा नगरिएका ८ कार्टुन स्याउ फेला परेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

वीरगंज (पर्सा), २९ जेठ । पर्सा प्रहरीले भन्सार छली गरेर भित्र्याइएका ठूलो परिमाणका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चारजनालाई नियन्त्रणमा लिएको छ । बरामद सामग्री तथा पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुलमुनिको सडकखण्डमा भारततर्फ जाँदै गरेको बी.म.न.पा. १ ह १–०७९६ नम्बरको अटो रिक्सालाई रोकेर जाँच गरेको थियो । जाँचका क्रममा अटोमा भन्सार प्रक्रिया पूरा नगरिएका ८ कार्टुन स्याउ फेला परेका थिए ।

अटो रिक्सामा सवार व्यक्तिहरूसँग गरिएको सोधपुछपछि उक्त स्याउ वीरगंज महानगरपालिका–८ गहवास्थित एक गोदामबाट ल्याइएको खुल्न आएको प्रहरीको भनाइ छ । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी गोदाममा गरिएको खानतलासीबाट थप ५९ कार्टुन स्याउ बरामद गरिएको थियो । प्रहरीले कुल ६७ कार्टुन स्याउसहित गोदाम सञ्चालक वीरगंज महानगरपालिका–१४ निवासी २९ वर्षीय धनन्जय प्रसाद कलवार, उनका सहयोगी २० वर्षीय अमन कुमार पासवान तथा अटो चालक वीरगंज–२ छप्कैयाका १९ वर्षीय इब्राम आलमलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी अर्को अपरेशनमा प्रहरीले वीरगंज महानगरपालिका–१९ बिन्दबासिनीस्थित राहुल मेशिनरी हार्डवेयरमा छापा मारेर भन्सार छलीका ट्र्याक्टर पार्टपुर्जा बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा करिब २ लाख ७ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पार्टपुर्जा फेला परेको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा पसल सञ्चालक बहुदरमाई नगरपालिका–९ निवासी करिब ४० वर्षीय जगत नारायण प्रसाद गुप्तालाई नियन्त्रणमा लिइएको छ । बरामद सामानसहित उनलाई पनि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाही अभियान निरन्तर जारी रहनेछ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि