Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा कुल १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्दै युवा तथा खेलकुद मन्त्रालयमार्फत उक्त बजेट व्यवस्था गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

वीरगंज (पर्सा), २९ जेठ । वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा कुल १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्दै युवा तथा खेलकुद मन्त्रालयमार्फत उक्त बजेट व्यवस्था गरिएको हो । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तका अनुसार नारायणी रंगशालाको थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ तथा नारायणी बहुउद्देश्यीय कभर्डहलको सुधार तथा स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।

यसका अतिरिक्त पूर्वाधार विकास मन्त्रालयले रंगशालामा फ्लडलाइट जडान तथा अन्य आवश्यक पूर्वाधार विस्तारका लागि थप ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको सांसद पन्तले जानकारी दिए । उनका अनुसार वर्तमान सरकारले नारायणी रंगशालालाई प्राथमिकतामा राखेकाले यस बजेटले वीरगंजको खेलकुद पूर्वाधार विकासमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा पनि सरकारले नारायणी रंगशालाका लागि ४ करोड र कभर्डहलका लागि ४ करोड गरी कुल ८ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर त्यसअन्तर्गत करिब ४ करोड रुपैयाँ बराबरका निर्माण तथा स्तरोन्नति कार्य अझै सम्पन्न हुन बाँकी रहेको जनाइएको छ ।

यसैबीच, सरकारले मधेश प्रदेशका अन्य जिल्लाका खेल पूर्वाधार विकासका लागि समेत बजेट व्यवस्था गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का इन्जिनियर शिवभद्र यादवका अनुसार प्रदेशका पाँच जिल्लाका रंगशाला, खेलमैदान तथा कभर्डहल निर्माण एवं स्तरोन्नतिका लागि कुल ११ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट विवरणअनुसार सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित खेलमैदानको विकासका लागि ३ करोड रुपैयाँ, सिराहाको लहान नगरपालिका अन्तर्गत पशुपति आदर्श माध्यमिक विद्यालयमा कभर्डहल निर्माणका लागि ३ करोड रुपैयाँ तथा बाराको कलैया क्रिकेट मैदानको पूर्वाधार विस्तारका लागि ३ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यसैगरी धनुषास्थित रामजानकी रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १ करोड रुपैयाँ तथा सप्तरीको राजविराजस्थित राज रंगशालाको स्तरोन्नतिका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । सरकारले खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै गरेको यो बजेट व्यवस्थाले मधेश प्रदेशमा खेल गतिविधि प्रवद्र्धन, खेलाडी उत्पादन तथा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक संरचना विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags: नारायणी रंगशाला तथा कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि