Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

मृतकहरू पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी सशस्त्र प्रहरी बलका असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

वीरगंज (पर्सा), २० जेठ । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकको सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृतकहरू पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी सशस्त्र प्रहरी बलका असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा बुधबार बिहान दुवै जनाको शव फेला परेको हो । वन समितिका सदस्यहरू खोटो संकलन तथा नियमित अनुगमनका क्रममा जंगल पुगेका बेला रुखमा झुण्डिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले दुवै जना छुट्टाछुट्टै पासोमा झुण्डिएको र शव अत्यधिक सडिसकेको अवस्थामा भेटिएको जनाएको छ । लामो समय बितिसकेकाले शवका केही अंग छुट्टिएर भुइँमा खसेको अवस्था समेत देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थलबाट बरामद भएका कपडा, कागजात तथा परिवारजन र आफन्तबाट प्राप्त जानकारीका आधारमा मृतकहरूको पहिचान पुष्टि गरेको जनाएको छ । शक्ति राम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत थिए । उनी वैशाख १९ गते दुई दिनको बिदामा निस्किएका थिए । त्यसअघि वैशाख १८ गते शर्मिला चौधरी शक्ति रामलाई भेट्न काभ्रे जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

दुवै जना लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी प्रक्रिया अघि बढाएका थिए । शक्ति रामका परिवारजनले वैशाख २१ गते सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटरमा खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दर्ता गरेका थिए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

Tags: सशस्त्र प्रहरी असई र युवती काभ्रेमा मृत फेला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

अशोज २३, २०८३
दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

अशोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अशोज २३, २०८३
धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

अशोज २३, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि