वीरगंज (पर्सा), ६ जेठ । पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा गएराति झन्डै डेढ करोड रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको छ । स्थानीय नन्दकिशोर पटेल, नन्दलाल पटेल, बिरजेश पटेल र राजकिशोर पटेलको घरबाट करिब २८ तोला सुन र डेढ किलोभन्दा बढी चाँदीका गरगहना चोरी भएको पीडित परिवारले जनाएको छ ।
घरमा प्लास्टरको काम भइरहेकाले चारै दाजुभाइका गहना एउटै स्थानमा राखिएको थियो । गहना राखिएको अल्मारी भुइँतल्लामा रहेको र परिवारका सदस्य माथिल्लो तलामा सुतेका थिए । पीडितका अनुसार चोरहरूले चोरी गर्नुअघि कोठाको बाहिरबाट चुकुल लगाएका थिए । बिहान करिटब ३ बजे उठेर बाहिर निस्कन खोज्दा मात्रै उनीहरूले चोरी भएको थाह पाएको नन्दकिशोरले बताए ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान थालेको छ । पीडित परिवारले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छन् ।









प्रतिक्रिया दिनुहोस् !