Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मधेश, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । ती क्षेत्रमा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको महाशाखाको अनुमान छ । महाशाखाका अनुसार जेठ १८ देखि असोज १४ सम्मको अवधिमा वर्षा कम हुने र अधिकतम तथा न्यूनतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३, २०८३
मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

वीरगंज (पर्सा), ३ जेठ । यस वर्ष प्रि–मनसुनमै लगातार वर्षा भएपनि मनसुन अवधिमा मधेशसहित चार प्रदेशमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान सार्वजनिक भएपछि किसानहरूमा चिन्ता बढेको छ । विशेषगरी धान रोपाइँको समयमा खडेरी पर्ने संकेतले आकाशे पानीमा निर्भर किसानहरू समस्यामा पर्ने देखिएको हो । असन्तुलित वर्षा र सम्भावित सुक्खाका कारण धानको ब्याड सुक्ने तथा नष्ट हुने जोखिम बढेको कृषि क्षेत्रका जानकारहरू बताउँछन् । यसले धान उत्पादनमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । सरकारले हरेक वर्ष कृषिलाई प्राथमिकतामा राख्ने घोषणा गरे पनि पर्याप्त सिँचाइ सुविधा विस्तार हुन नसक्दा किसानहरू हरेक रोपाइँ सिजनमा मौसमकै भर पर्न बाध्य छन् ।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण मौसमी चक्र असामान्य बन्दै गएको छ । वैशाखमै अत्यधिक वर्षा र हावाहुरी हुने तर जेठ–असारमा खडेरी बढ्ने क्रम देखिएको छ । गत वर्ष पनि तराई–मधेश क्षेत्रमा बर्खाका दुई महिना सुख्खा भए तापनि समग्र देशभर भने औसत वर्षा भएको थियो । यसपटक भने प्रि–मनसुनमा मौसम केही अनुकूल देखिएपनि मनसुन सुरु भएसँगै गर्मी र पानीको अभाव झेल्नुपर्ने अवस्था आउने अनुमान गरिएको छ । वैशाखमा परेको पानीले तापक्रम घटाए पनि कृषिबालीमा क्षति पुर्‍याएको किसानहरूको भनाइ छ । विशेषगरी मुंग, तिल तथा तरकारी बालीमा वर्षाले असर गरेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मधेश, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । ती क्षेत्रमा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको महाशाखाको अनुमान छ । महाशाखाका अनुसार जेठ १८ देखि असोज १४ सम्मको अवधिमा वर्षा कम हुने र अधिकतम तथा न्यूनतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना छ । यही समय धान रोपाइँको मुख्य सिजन भएकाले पानीको अभावले खेती प्रणालीमै असर पार्ने देखिएको छ ।

संघीय सरकारको निर्देशनपछि मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरूलाई कम पानीमा उत्पादन दिन सक्ने धानका जात छनोट गर्न आग्रह गरेको छ । मन्त्रालयले दीर्घकालीन समाधानका रूपमा वैकल्पिक खेती प्रणाली अपनाउने, आकाशे पानी संकलन गर्ने, खेत नजिक पोखरी निर्माण गर्ने तथा छरुवा धान खेती प्रविधि प्रयोग गर्न सुझाव दिएको छ । असन्तुलित वर्षा, सिँचाइको अभाव र खडेरीका कारण उर्वर मानिने मधेशमा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको तथ्यांकले देखाउँछ । धान रोप्ने समयमा पानी नपर्ने र दाना लाग्ने बेलामा अत्यधिक वर्षा हुने प्रवृत्तिले उत्पादनमा असर परेको कृषि अधिकारीहरू बताउँछन् ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ लाख ७४ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा १४ लाख ४१ हजार ४ सय ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त वर्ष प्रतिहेक्टर उत्पादन ३ दशमलव ८४ मेट्रिक टन रहेको थियो ।
तर, त्यसपछिको वर्ष उत्पादन घटेर प्रतिहेक्टर ३ दशमलव ६४ मेट्रिक टनमा सीमित भएको र कुल उत्पादन १२ लाख ९ हजार १८ मेट्रिक टनमा झरेको तथ्यांकले देखाएको छ ।

Tags: मौसमको असन्तुलनले मधेशको खेती संकटमा: खाद्य संकटको खतरा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३
भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

असार १७, २०८३
धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि