Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ट्राफिक अनुशासन सिकाउँदै प्रहरी–विद्यालय सहकार्यः जीएचपी स्कुलमा सचेतनामूलक कार्यक्रम

विशेषगरी किशोर उमेरका विद्यार्थीहरू दैनिक विद्यालय आउजाउका क्रममा सडक प्रयोगकर्ता हुने भएकाले उनीहरूलाई प्रारम्भिक अवस्थादेखि नै ट्राफिक सचेतना आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा ट्राफिक संकेतको सही प्रयोग, जेब्राक्रसिङको महत्व, हेल्मेट तथा सिटबेल्टको अनिवार्यता, मापसे गरेर सवारी चलाउँदा निम्तिने दुर्घटनाको जोखिम लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २५, २०८३
ट्राफिक अनुशासन सिकाउँदै प्रहरी–विद्यालय सहकार्यः जीएचपी स्कुलमा सचेतनामूलक कार्यक्रम

वीरगंज (पर्सा), २५ वैशाख । सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगंज महानगरपालिका-१३ पावरहाउसस्थित जीएचपी स्कुलमा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय तहदेखि नै ट्राफिक अनुशासन र सडक सुरक्षाबारे व्यवहारिक ज्ञान दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्कुलका प्रिन्सिपल रविन्द्र कौरको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रममा पर्सा ट्राफिक प्रहरी कार्यालयका प्रमुख युवराज कटवालले विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना, सडक सुरक्षाको महत्व तथा दुर्घटना न्यूनीकरणका उपायबारे विस्तृत जानकारी दिएका थिए ।

विशेषगरी किशोर उमेरका विद्यार्थीहरू दैनिक विद्यालय आउजाउका क्रममा सडक प्रयोगकर्ता हुने भएकाले उनीहरूलाई प्रारम्भिक अवस्थादेखि नै ट्राफिक सचेतना आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा ट्राफिक संकेतको सही प्रयोग, जेब्राक्रसिङको महत्व, हेल्मेट तथा सिटबेल्टको अनिवार्यता, मापसे गरेर सवारी चलाउँदा निम्तिने दुर्घटनाको जोखिम लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रम संयोजक युवा अभियन्ता दिलिप राज कार्कीले पछिल्लो समय बढ्दो सडक दुर्घटनालाई नियन्त्रण गर्न विद्यालयस्तरबाटै जनचेतना फैलाउन आवश्यक रहेको बताए । उनका अनुसार ट्राफिक नियमबारे जानकारीको अभाव र लापरबाहीकै कारण धेरै दुर्घटना हुने गरेका छन् । उनले यस्ता सचेतनामूलक कार्यक्रम पर्साका विभिन्न विद्यालयहरूमा निरन्तर सञ्चालन हुँदै आएको र आगामी दिनमा अझ व्यापक रूपमा विस्तार गरिने जानकारी दिए ।

त्यसैगरी विद्यालयका सञ्चालक जगजित सिंहले ट्राफिकसम्बन्धी व्यवहारिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारीबोध र सडक सुरक्षाप्रति सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि ट्राफिक नियमबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

आयोजकका अनुसार मुख्य सडक आसपास बसोबास गर्ने तथा दैनिक सडक आवतजावत गर्ने विद्यार्थीहरूलाई लक्षित गरी दुर्घटनाबाट जोगिने उपायबारे विशेष रूपमा सचेत गराइएको थियो । सामुदायिक सहकार्य, प्रहरीको सक्रियता र विद्यालयको सहभागितामार्फत सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले ट्राफिक दुर्घटना न्यूनीकरणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Tags: जीएचपी स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

निःशुल्क व्यवसाय सम्वद्र्धन कार्यक्रम

असार ९, २०८३
सगरमाथा स्कुलमा ब्याच वितरण

सगरमाथा स्कुलमा ब्याच वितरण

असार ९, २०८३
विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

असार ९, २०८३
वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

असार ९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि