Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुर्ली चोक-आयल निगम सडक विस्तार रोकियो, उच्च अदालतको स्टे अर्डरपछि योजना स्थगित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ७, २०८३
मुर्ली चोक-आयल निगम सडक विस्तार रोकियो, उच्च अदालतको स्टे अर्डरपछि योजना स्थगित

वीरगंज (पर्सा), ७ वैशाख । वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित मुर्ली चोकदेखि उत्तरतर्फ नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने सडक विस्तार कार्य सुरु हुन नपाउँदै रोकिएको छ । सोमबार अपरान्हदेखि १० मिटर चौडा बनाउने तयारीसहित अघि बढाइएको योजना अदालतको आदेशपछि तत्कालका लागि स्थगित गरिएको हो ।

महानगरपालिकाले उक्त खण्डमा पर्ने सडकलाई मध्यभागबाट दायाँ–बायाँ ५/५ मिटर गरी विस्तार गर्ने तयारी गरेको थियो । यसका लागि आइतबार नै सूचना जारी गर्दै २४ घण्टाभित्र (सोमबार दिउँसो ३ बजेसम्म) संरचना हटाउन घरधनीहरूलाई आग्रह गरिएको थियो ।

तर सो क्षेत्रमा पर्ने तीन जना घरधनीले सडक विस्तार रोक्न माग गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलाशमा रिट दायर गरेका थिए । सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल सडक विस्तारको काम अघि नबढाउन आदेश (स्टे अर्डर) जारी गरेपछि योजना रोकिएको हो ।

वीरगंज महानगरपालिकाका मेयरका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार अदालतको आदेशपछि हालका लागि विस्तार कार्य स्थगित गर्न बाध्य हुनुपरेको हो । उनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र पुनः काम अघि बढाइनेछ ।

महानगरपालिकाले यसअघि नै माघ १३ गते सार्वजनिक सूचना जारी गर्दै सो सडक विस्तार गर्ने जानकारी गराएको थियो। आयल निगम कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको भाग विस्तार कार्य सम्पन्न भइसकेको र बाँकी खण्डमा पनि काम अघि बढाउने तयारी गरिएको थियो ।

तर पटक–पटक अवरोध हुँदै आएको उक्त योजना अदालतको अन्तरिम आदेशसँगै फेरि स्थगित भएको छ । मुर्ली चोकदेखि आयल निगमसम्मको यो सडकलाई व्यवस्थित र फराकिलो बनाउने योजना तत्कालका लागि अन्योलमा परेको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बैशाख ७, २०८३
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

बैशाख ७, २०८३
पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्दार केन्द्र संचालनमा

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्दार केन्द्र संचालनमा

बैशाख ७, २०८३
सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

बैशाख ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि