Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मल अभावले पर्साका किसान संकटमाः भारतीय बजारमा महँगोमा किन्न बाध्यता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ६, २०८३
मल अभावले पर्साका किसान संकटमाः भारतीय बजारमा महँगोमा किन्न बाध्यता

वीरगंज (पर्सा), ६ वैशाख । पर्साका ग्रामीण क्षेत्रमा चैते धान रोपाइँ गरिरहेका किसानहरू यतिबेला रासायनिक मलको अभावले गम्भीर संकटमा परेका छन् । रोपाइँ सम्पन्न भएको झण्डै दुई साता बितिसक्दा पनि डिएपी र यूरिया मल समयमै उपलब्ध नहुँदा खेती व्यवस्थापनमै समस्या उत्पन्न भएको हो । जिराभवानी गाउँपालिका–१, शान्तिनगरका किसान जलेश्वर दासका अनुसार नेपालमा मल नपाएपछि बाध्य भएर भारतीय बजारबाट डिएपी खरिद गर्नुपरेको छ, जहाँ ५० केजीको एक बोरा करिब ४ हजार रुपैयाँ पर्छ ।

त्यस्तै, अर्का किसान राउतले यूरिया मलसमेत प्रति केजी ४० रुपैयाँसम्म तिरेर ल्याउनुपरेको बताए । सामान्य अवस्थामा स्थानीय कृषि सहकारी संस्थामार्फत डिएपी करिब ५० रुपैयाँ र यूरिया २० रुपैयाँ प्रतिकेजीमा पाइने भए पनि हाल ती संस्थाहरूमा मल अभाव हुँदा किसानहरू महँगो मूल्यमा किन्न बाध्य भएका छन् । ‘संस्थामा मल छैन, त्यसैले बाहिरबाट महँगोमा ल्याउनुपरेको छ,’ किसानहरूको गुनासो छ ।

यसअघि मल अभाव हुँदा किसानहरूले सीमापार भारतीय बजारबाट सहजै मल ल्याएर आवश्यकता पूरा गर्ने गरेका थिए । तर हाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामग्री भित्र्याउँदा भन्सार अनिवार्य गर्ने नीति कडाइका साथ लागू गरेपछि त्यस्तो विकल्पसमेत सीमित बनेको छ, जसले समस्या झन् जटिल बनाएको किसानहरूको भनाइ छ ।

ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगंजका केही वडामा चैते धान रोपाइँ सुरु भएको दुई साता नाघिसक्दा पनि मलको आपूर्ति सहज हुन सकेको छैन । रोपाइँका लागि अत्यावश्यक डिएपी, पोटास र यूरिया अधिकांश सहकारी संस्थामा अभावकै अवस्थामा छन् । गादी साना किसान कृषि सहकारी संस्था, रंगपुरका सञ्चालक हरिनारायण चौधरीले करिब २० दिनअघि कृषि सामग्री कम्पनी लिमिटेडबाट जम्मा ७५ बोरा यूरिया मात्र प्राप्त भएको जानकारी दिए । ‘डिएपी वा थप मल कहिले आउने हो भन्ने कुनै निश्चितता छैन,’ उनले भने ।

किसानहरूले सरकारको नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै एकातिर उत्पादन वृद्धि गर्न दबाब दिने तर अर्कोतिर आवश्यक मल समयमै उपलब्ध नगराउने, सीमापारबाट ल्याउन कडाइ गर्ने तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने जस्ता निर्णयले आफूहरू थप मारमा परेको बताएका छन् । उत्पादन भएको अन्नको उचित मूल्यसमेत नपाउँदा कृषि पेशा झन् कठिन बन्दै गएको उनीहरूको गुनासो छ ।

Tags: मल अभावले किसान संकटमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि