Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मौसमको मार र बजारको अन्यायः पर्सामा गहुँ उत्पादन आधा घट्यो, किसान दोहोरो मारमा

हार्भेस्टर मेसिनमार्फत गहुँ काट्ने र थ्रेसिङ गर्ने कार्यले समय बचत गरेको छ भने श्रमिक अभावको समस्या पनि केही हदसम्म कम भएको कृषकहरू बताउँछन् । तर प्रविधिको विस्तार भएपनि उत्पादनमा भने गिरावट आएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १६, २०८२
मौसमको मार र बजारको अन्यायः पर्सामा गहुँ उत्पादन आधा घट्यो, किसान दोहोरो मारमा

वीरगंज (पर्सा), १६ चैत । पर्सा जिल्लाका ग्रामीण क्षेत्रहरूमा यतिबेला किसानहरू दोस्रो प्रमुख बालीका रूपमा रहेको गहुँ भित्र्याउने कार्यमा जुटेका छन् । ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका विभिन्न बस्तीमा गहुँ कटानी र संकलनको चटारो देखिएको छ । यस वर्ष खेतीपातीमा केही सकारात्मक परिवर्तन पनि देखिएका छन् । परम्परागत तरिका घट्दै जाँदा किसानहरूले आधुनिक प्रविधिको प्रयोग बढाएका छन् ।

विशेषगरी हार्भेस्टर मेसिनमार्फत गहुँ काट्ने र थ्रेसिङ गर्ने कार्यले समय बचत गरेको छ भने श्रमिक अभावको समस्या पनि केही हदसम्म कम भएको कृषकहरू बताउँछन् । तर प्रविधिको विस्तार भएपनि उत्पादनमा भने गिरावट आएको छ । जिराभवानी गाउँपालिका–१ भवानीपुरका किसान सत्यदेव चौधरीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन झण्डै आधा घटेको छ । उनले गत वर्ष १२ कट्ठा जमिनबाट १४ क्विन्टल गहुँ भित्र्याएकोमा यस वर्ष त्यही क्षेत्रफलबाट करिब ७ क्विन्टल ७० किलो उत्पादन भएको जानकारी दिए ।

अन्य किसानहरूले पनि यस्तै अनुभव सुनाएका छन् । उनीहरूका अनुसार गहुँको बाला लाग्ने महत्वपूर्ण समयमा परेको असमय वर्षाले फूल झर्ने समस्या निम्त्यायो । त्यसले दाना राम्रोसँग नबन्ने अवस्था सिर्जना गर्‍यो र उत्पादनमा प्रत्यक्ष असर पर्यो । कतिपय स्थानमा रोग र कीराको संक्रमणसमेत देखिएकाले समस्या अझ जटिल बनेको उनीहरूको भनाइ छ ।

यसबीच खेतीको लागत भने निरन्तर बढिरहेको छ । मल, बीउ, सिँचाइ र मजदुरी खर्च बढ्दै जाँदा किसानहरूको आर्थिक भार थपिएको छ । हार्भेस्टरको प्रयोगले केही सहजता ल्याए पनि यसको भाडा महँगो भएकाले साना किसानहरू पूर्ण रूपमा मेसिनमा निर्भर हुन सकेका छैनन् ।

उत्पादन घट्दा मूल्य बढ्ने अपेक्षा गरिएपनि बजारमा त्यस्तो अवस्था देखिएको छैन । ठोरी गाउँपालिका–५ सुवर्णपुरका किसान प्रेम लामाका अनुसार यस वर्ष गहुँको मूल्य सुरुमा प्रतिक्विन्टल ३,७०० रुपैयाँबाट कारोबार सुरु भएको र हाल करिब ३,८०० रुपैयाँमा सीमित छ । गत वर्ष भने यही मूल्य ४,५०० रुपैयाँबाट सुरु भएको थियो भने त्यसअघिल्लो वर्ष करिब ४,००० रुपैयाँ आसपास थियो ।

उत्पादनमा कमी र मूल्यमा अपेक्षित सुधार नआउँदा किसानहरू दोहोरो मारमा परेका छन् । मेहनत र लगानीअनुसार आम्दानी नहुँदा कृषिप्रति निराशा बढ्दै गएको उनीहरूको गुनासो छ । किसानहरूले समयमै मल–बीउ उपलब्ध गराउने, सिँचाइ सुविधा विस्तार गर्ने तथा गहुँको उचित समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । साथै मौसमजन्य जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

यस वर्ष पर्साका किसानहरूको अवस्था समग्रमा चुनौतीपूर्ण देखिएको छ एकातिर उत्पादन घटेको छ भने अर्कोतिर बजार मूल्य पनि सन्तोषजनक नभएकाले उनीहरूको आयमा प्रत्यक्ष असर परेको छ ।

Tags: आधुनिक प्रविधि प्रयोग भएपनि गहुँ उत्पादनमा गिरावट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि