Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

वीरगंज (पर्सा), २७ फागुन । पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार बनेका पूर्वमन्त्री प्रदीप यादवले आफूले निर्वाचन अभियानका क्रममा गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

बुधबार आफ्ना निर्वाचन प्रतिनिधि जन्नत अन्सारी मार्फत यादवले खर्च विवरण निर्वाचन कार्यालय पर्सामा पेश गरेका हुन् । प्रस्तुत विवरणअनुसार उनले निर्वाचन अभियानमा कुल १० लाख २४ हजार ९२५ रुपैयाँ खर्च भएको जनाएका छन् । उक्त विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसारमा खर्च भएको उल्लेख गरिएको छ । प्रचार–प्रसारका विभिन्न गतिविधिमा २ लाख ८४ हजार ७६० रुपैयाँ खर्च गरिएको यादवले जनाएका छन् ।

यसैगरी सवारी साधन भाडामा १ लाख ९० हजार रुपैयाँ तथा इन्धन खर्चतर्फ १ लाख ५३ हजार ६४० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । त्यस्तै अन्य प्रचार सामग्री उत्पादन र वितरणमा १ लाख ५२ हजार ५५० रुपैयाँ खर्च गरिएको बताइएको छ । यादवका अनुसार निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालन तथा प्रतिनिधि परिचालनमा ८६ हजार रुपैयाँ खर्च भएको छ भने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमका लागि ६४ हजार ९७५ रुपैयाँ व्यय गरिएको छ ।

त्यसैगरी छापा तथा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारका लागि २५ हजार रुपैयाँ खर्च गरिएको उनले बताएका छन् । मनोनयन दर्ताका क्रममा १० हजार रुपैयाँ तथा मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । निर्वाचनमा सहभागी उम्मेदवारहरूले कानुनी व्यवस्थाअनुसार आफ्नो निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान रहेको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि