Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा रास्वपाको ऐतिहासिक जीतपछि हरि पन्तको धन्यवाद सन्देश, भ्रष्टाचार अन्त्यको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २७, २०८२
पर्सामा रास्वपाको ऐतिहासिक जीतपछि हरि पन्तको धन्यवाद सन्देश, भ्रष्टाचार अन्त्यको प्रतिबद्धता

वीरगंज (पर्सा), २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरि पन्तले पर्साको चारै क्षेत्रबाट पार्टीका उम्मेदवार विजयी भएपछि मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । पन्तले एक धन्यवाद सन्देश जारी गर्दै पर्साका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरू विजयी हुनु परिवर्तनको स्पष्ट संकेत भएको बताएका छन् । उनले देशमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्य गर्दै सुशासन स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सन्देशमा पन्तले भनेका छन्, ‘पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदमा मलाई निर्वाचित गराउनु भएकोमा तथा जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई विजय गराउनु हुने सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता, साथीहरू र परिवारका सदस्यहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

उनले मतदाताको साथ, सहयोग र मार्गदर्शनका कारण देशभर परिवर्तनको लहर आएको दाबी गरेका छन् । ‘तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभर परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,’ पन्तले उल्लेख गरेका छन् । पन्तका अनुसार अब आगामी दिनमा आफू लगायत पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको मुख्य जिम्मेवारी परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गर्नु तथा विधिको शासन स्थापना गर्नु हुनेछ । देशलाई प्रगतिको बाटोमा अगाडि बढाउन सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वाद आवश्यक रहने पनि उनले बताएका छन् ।

यस पटकको निर्वाचनमा पर्सा जिल्लाका चारै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । पर्सा–१ बाट हरि पन्त निर्वाचित भएका छन् भने पर्सा–२ बाट सुशील कुमार कानु, पर्सा–३ बाट रमाकान्त चौरसिया र पर्सा–४ बाट टेक बहादुर शाक्य ऐतिहासिक मतका साथ निर्वाचित भएका छन् ।

समानुपातिक तर्फ पनि पर्सामा रास्वपा नै पहिलो पार्टी बनेको छ । पर्सा जिल्लामा पार्टीले हासिल गरेको उल्लेखनीय सफलतालाई राजनीति विश्लेषकहरूले परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन् । यस विजयले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार गर्नुका साथै राष्ट्रिय स्तरमा भ्रष्टाचार विरोधी अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाँध भत्किएपछि जलेश्वर जलमग्न, आवतजावतमा समस्या

बाँध भत्किएपछि जलेश्वर जलमग्न, आवतजावतमा समस्या

अशोज १५, २०८३
सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

अशोज १५, २०८३
सिँचाइ, मल र मौसमको मारमा महोत्तरीका किसानः धानखेतीले अब किसानको खर्च नै धान्नै मुस्किल

सिँचाइ, मल र मौसमको मारमा महोत्तरीका किसानः धानखेतीले अब किसानको खर्च नै धान्नै मुस्किल

अशोज १५, २०८३
पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि