Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैयामा रिमा यादवको घरदैलो अभियान : उत्साहजनक स्वागत, एमालेका पक्षमा मत माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १७, २०८२
छपकैयामा रिमा यादवको घरदैलो अभियान : उत्साहजनक स्वागत, एमालेका पक्षमा मत माग

वीरगंज (पर्सा), १७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार रिमा यादवले शनिबार वीरगंज महानगरपालिका–३ को छपकैया क्षेत्रमा व्यापक घरदैलो अभियान सञ्चालन गरेकी छन् । कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति देखिएको थियो । घरदैलोका क्रममा मतदाताले यादवलाई फूलमाला र गम्छा ओढाएर स्वागत गरे भने केही स्थानमा मिठाई खुवाउँदै विजयको अग्रिम शुभकामना समेत व्यक्त गरेका थिए । स्थानीयको आत्मीयता र समर्थनले अभियानमा थप उत्साह थपिएको एमाले कार्यकर्ताहरूले बताएका छन् ।

संवादका क्रममा उम्मेदवार यादवले आफू सधैं जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता दोहोर्‍याइन् । मधेश आन्दोलनको बलमा स्थापित संघीय संरचनालाई सुदृढ र सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि एमाले नेतृत्वलाई मजबुत बनाउनुपर्ने धारणा राखिन् । देश यतिबेला स्थायित्व र विकासको बाटो रोज्ने शक्ति र अस्थिरता निम्त्याउने प्रवृत्तिबीच स्पष्ट ध्रुवीकरणको अवस्थामा रहेको भन्दै उनले एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिन् । यादवले राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि र समाजवादउन्मुख विकासको मार्गमा एमाले प्रतिबद्ध रहेको उल्लेख गरिन् । चुनावको समयमा मात्र सक्रिय देखिने नेतृत्वप्रति सचेत रहन उनले मतदातालाई आग्रह गर्दै निरन्तर जनतासँग जोडिएको र काम गर्ने नेतृत्व रोज्नुपर्नेमा जोड दिइन् ।

आफ्ना प्राथमिकताबारे स्पष्ट पार्दै उनले गरिबी न्यूनीकरण, रोजगारीका अवसर सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, स्थानीय उद्योगको विस्तार, महिला सशक्तीकरण तथा युवालाई अवसर उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताइन् । साथै सडक, विद्यालय, अस्पताल, धार्मिक संरचना, मसानघाट, खानेपानी, सिँचाइ र विद्युत् विस्तार जस्ता आधारभूत पूर्वाधारमा आफूले काम गर्दै आएको दाबी गरिन् । संसद्मा पर्साका मुद्दा निरन्तर उठाउँदै आएको स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा क्षेत्रको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

घरदैलोका क्रममा स्थानीयले उठाएका खानेपानी, सडक मर्मत, बेरोजगारी तथा सेवा सुविधासम्बन्धी गुनासोहरूलाई गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल गर्ने आश्वासन समेत उनले दिइन् । वर्तमान राजनीतिक अवस्थालाई संकेत गर्दै राष्ट्रिय अखण्डता, संविधान र संघीय संरचनाको सुदृढीकरणमा एमाले नेतृत्वको भूमिका महत्वपूर्ण रहने उनको धारणा थियो । अभियानमा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष विचारी यादव, जिल्ला सचिव महेश दास, वीरगंज महानगरका लेखा समिति संयोजक अजय साह, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रलगायत स्थानीय नेता कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो ।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा छपकैयामा देखिएको उत्साहजनक सहभागिताले एमाले उम्मेदवार यादवको अभियानलाई थप ऊर्जा दिएको बताइएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि