Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रिमा यादवको चुनावी तयारी तीव्र, कुहडीमा अगुवा कार्यकर्ता भेला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
रिमा यादवको चुनावी तयारी तीव्र, कुहडीमा अगुवा कार्यकर्ता भेला

वीरगंज (पर्सा), २९ माघ । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगंज महानगरपालिका-२७ कुहडीमा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले पर्सा-२ की उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई एकजुट भई सक्रिय रूपमा लाग्न आग्रह गरे ।

उनले देशको विकास, राजनीतिक स्थायित्व र समृद्धिका लागि एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठन सुदृढीकरण, घरदैलो अभियान र जनसम्पर्क कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उम्मेदवार रिमा कुमारी यादवले जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन् ।

भेलामा सहभागी अगुवा तथा कार्यकर्ताहरूले उम्मेदवारलाई विजयी गराउन घरदैलो, जनसम्पर्क तथा प्रचार प्रसार अभियानलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका थिए । साथै स्थानीय तहमा संगठन विस्तार, मतदाता सचेतना अभिवृद्धि र युवा परिचालनका विषयमा समेत छलफल भएको आयोजकले जानकारी दिएको छ ।

वडा कमिटीका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हाजरा, निर्मला देवकोटा, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि