Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज-२८ मा रिमा यादवको घरदैलो, विकास र सुशासनको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २६, २०८२
वीरगंज-२८ मा रिमा यादवको घरदैलो, विकास र सुशासनको प्रतिबद्धता

वीरगंज (पर्सा), २६ माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले सोमबार वीरगंज महानगरपालिका वडा नम्बर–२८ अन्तर्गत ईनरवा र बगही क्षेत्रमा घरदैलो अभियान तथा वडा स्तरीय अगुवा भेला सम्पन्न गरेकी छन् । कार्यक्रममार्फत उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका विविध समस्या र आवश्यकताबारे जानकारी लिएकी छन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि तथा सामाजिक विकाससँग जोडिएका स्थानीय समस्या ध्यानपूर्वक सुन्दै ती समस्याको समाधानका लागि आफू निर्वाचित भए सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विगतमा निर्वाचित जनप्रतिनिधिहरूबाट अपेक्षित विकास नहुनु नै आफू राजनीतिमा सक्रिय बन्नुको प्रमुख कारण भएको उनले बताइन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर बिजय सरावगी, वीरगंज महानगर सचिव तथा कार्यवाहक अध्यक्ष लियाकत अलि, लेखा समितिका संयोजक अजय साह, सहसचिव जयनारायण सिंह कुर्मी, नेतृ सिता लामा लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीय बासिन्दाहरूले उम्मेदवारसँग प्रत्यक्ष कुरा राख्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो दैनिकीसँग जोडिएका समस्याको समाधानमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

यसै क्रममा वीरगंज–२८ बगहीमा आयोजित वडा स्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सन्तुलित विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने धारणा व्यक्त गरिन् । उनले वडा वडामा सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने योजना रहेको उल्लेख गरिन् । सीप विकास कार्यक्रमले विशेषगरी महिलालाई आत्मनिर्भर बनाउने र रोजगारीसँग जोड्ने उनको भनाइ थियो ।

स्वास्थ्य सेवाबारे बोल्दै यादवले प्रत्येक स्वास्थ्य संस्थामा सुलभ औषधिको उपलब्धता सुनिश्चित गर्ने, आवश्यक चिकित्सक नियुक्तिका लागि पहल गर्ने र स्वास्थ्य चौकीहरूमा कम्तीमा एक जना एमबिबिएस चिकित्सकसहितको सेवा विस्तारका लागि आफूले जिम्मेवारीपूर्वक काम गर्ने स्पष्ट गरिन् ।

महिला सशक्तीकरण र शिक्षालाई प्राथमिकतामा राख्दै उनले प्रौढ शिक्षाको पुनः सञ्चालन आवश्यक रहेको औंल्याइन् । ‘मधेशमा प्रौढ शिक्षा कार्यक्रम निकै प्रभावकारी थियो, तर किन बन्द भयो भन्ने विषय गम्भीर छ । यसलाई पुनः निरन्तरता दिनुपर्छ,’ उनले भनिन् । प्रौढ शिक्षाले महिलालाई साक्षर, आत्मविश्वासी र स्वावलम्बी बनाउन महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो ।

घरदैलो र भेलामा महिलाहरूको उत्साहजनक सहभागितालाई सकारात्मक संकेतका रूपमा लिँदै उम्मेदवार यादवले महिलालाई राजनीतिमा अग्रसर गराउने र समुदायमा निर्णायक भूमिकामा पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्याइन् । पर्साको इतिहासमै पहिलो पटक जेनजी उमेर समूहकी मधेशी महिला प्रतिनिधिसभा उम्मेदवार बनेको उल्लेख गर्दै उनले क्षेत्रको समग्र विकासका लागि सूर्य चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रह गरिन् ।

समानुपातिक उम्मेदवार तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलामा वीरगंज–१७ का वडा अध्यक्ष सन्जु छतकुली, वडा नम्बर–२४ का वडा अध्यक्ष विजय कुर्मी, युवा नेता मुकेश द्विवेदीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

त्यस्तै, ईकाई अध्यक्ष धुरुप राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए । वक्ताहरूले महिला अधिकार, समावेशी विकास र स्थानीय तहको सुदृढीकरणमा नेकपा एमालेको भूमिका निर्णायक हुने दाबी गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउन आग्रह गरेका थिए ।

Tags: नेकपा एमालेप्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि