Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्राफको घरदैलो र युवा संवाद तीव्र, विकास र युवा सशक्तीकरणको योजना सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २५, २०८२
सर्राफको घरदैलो र युवा संवाद तीव्र, विकास र युवा सशक्तीकरणको योजना सार्वजनिक

वीरगंज (पर्सा), २५ माघ । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–७ कुम्हाल टोलमा व्यापक घरदैलो तथा स्थानीयसँग संवाद कार्यक्रम सम्पन्न गरेका छन् । त्यसैगरी वडा नम्बर–२१ ताजपुरमा युवाहरूसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरी उनले आफ्नो चुनावी अभियानलाई थप गतिशील बनाएका छन् । दुवै स्थानमा स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेख्य सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।

घरदैलोका क्रममा उम्मेदवार सरार्फले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुने । उनले वीरगंजको समग्र विकास, जनजीवनसँग जोडिएका आधारभूत आवश्यकताहरू तथा युवापुस्ताको भविष्यबारे आफ्ना स्पष्ट योजना प्रस्तुत गरे । ताजपुरमा आयोजित युवा भेटघाटमा बोल्दै उनले पछिल्लो समय केही युवाहरू लागुऔषध दुर्व्यसनको चपेटामा पर्दै जानु अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था भएको बताए ।

युवाहरूलाई दुर्व्यसनबाट जोगाउन तथा त्यसबाट प्रभावित भइसकेकाहरूलाई पुनर्स्थापना गर्न आफूले ठोस कार्ययोजना बनाएको सरार्फले उल्लेख गरे । उनले यस्ता युवाहरूलाई निःशुल्क उपचारको व्यवस्था गरी सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘युवा सशक्तीकरण बिना समाज र देशको विकास सम्भव छैन,’ उनले भने, ‘यसका लागि मेरो स्पष्ट रोडम्याप तयार छ, जसलाई कार्यान्वयनमा ल्याउन म प्रतिबद्ध छु ।’

सरार्फले वीरगंजका दीर्घकालीन सरोकारका विषयहरू, जस्तै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षित समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले मधेसको अधिकार, पहिचान र सम्मानका लागि आफू निरन्तर संघर्षरत रहेको स्मरण गराउँदै संसद तथा सम्बन्धित निकायहरूमा वीरगंज र यहाँका बासिन्दाको शिर उचो हुने गरी आवाज उठाउने अठोट व्यक्त गरे ।

उनले देश र मधेसको समस्याको दीर्घकालीन समाधानका लागि जनमत पार्टी र डा. सीके राउतसँग स्पष्ट दृष्टिकोण र प्रभावकारी योजना रहेको उल्लेख गरे । यही कारणले आगामी निर्वाचनमा ‘हर्न’ चुनाव चिन्हमा मतदान गरी जनमत पार्टीलाई जिताउन सबै मतदातासँग अपिल पनि गरे । कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार सरार्फलाई आत्मीय स्वागत तथा सम्मान गरेका थिए ।

स्थानीयको स्वस्फूर्त सहभागिता र समर्थनले चुनावी माहोल थप उत्साहित बनेको देखिन्थ्यो । कार्यक्रममा विभिन्न स्थानीय नेता तथा समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालाल प्रसाद, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, संजय पटेल, नरेश अग्रवाल, अमर सरार्फलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सम्पूर्ण कार्यक्रमले जनमत पार्टीका उम्मेदवार सरार्फको चुनावी अभियानलाई थप सशक्त बनाएको छ भने स्थानीय जनतासँगको प्रत्यक्ष संवादले विकास, युवा सशक्तीकरण र मधेसको अधिकारका मुद्दाहरूलाई केन्द्रमा राख्दै सकारात्मक सन्देश प्रवाह गरेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि