Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रमिक हितका मुद्दामा एमाले स्पष्टः प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८२
श्रमिक हितका मुद्दामा एमाले स्पष्टः प्रदीप यादव

वीरगंज (पर्सा), २३ माघ । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार प्रदीप यादवले श्रमिक (मजदुर) वर्गको हकहितमा निरन्तर आवाज उठाउने पार्टी एमाले नै भएको दाबी गरेका छन् । शुक्रबार परवानीपुरमा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेशद्वारा आयोजित श्रमिक भेलालाई सम्बोधन गर्दै उनले भने, ‘श्रमिकको पक्षमा स्पष्ट रूपमा उभिने पार्टी एमाले हो, अन्य दल अवसरको खोजीमा मात्र छन् ।’

देशको अर्थतन्त्र श्रमिकको पसिना, संघर्ष र योगदानमा टिकेको उल्लेख गर्दै यादवले श्रमिक अधिकार सुरक्षित नगरी ‘समृद्ध नेपाल’ को लक्ष्य हासिल हुन नसक्ने बताए । पूर्वमन्त्रीसमेत रहेका उनले निर्वाचनमा जित सुनिश्चित गर्न श्रमिक वर्गको भूमिका निर्णायक हुने बताउँदै भने, ‘श्रमिक सचेत र संगठित नभएसम्म वास्तविक परिवर्तन सम्भव हुँदैन । श्रमिक एकताबद्ध भए गलत राजनीति टिक्दैन ।’

श्रमिकलाई केवल मतदाताका रूपमा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले एमालेले श्रमिकलाई नीति निर्माणको केन्द्रमा राखेर काम गर्दै आएको जिकिर गरे । आफू संसदमा रहँदा श्रमिकका मुद्दा निरन्तर उठाएको स्मरण गराउँदै उनले न्यूनतम ज्याला, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा र श्रम ऐनको प्रभावकारी कार्यान्वयनमा एमालेको स्पष्ट धारणा रहेको बताए । ‘संसदमा श्रमिकको आवाज दबिन नदिने प्रयास मैले निरन्तर गरेको छु,’ उनले भने ।

एमालेले भाषणभन्दा व्यवहारमा श्रमिक अभियान अघि बढाएको उल्लेख गर्दै यादवले श्रमिकका सन्तानको शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखिएको बताए । विशेषगरी बारा–पर्सा औद्योगिक करिडोरमा देखिएका श्रमिक समस्याप्रति गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाउँदै उनले उद्योगमा हुने शोषण, असुरक्षित कार्यपरिस्थिति, समयमै तलब नपाउने अवस्था र सामाजिक सुरक्षा कोषसम्बन्धी अनियमितता समाधानलाई प्राथमिकता दिने बताए ।

उद्योगी र श्रमिकबीच सन्तुलन कायम गर्दै दुवै पक्षलाई लाभ पुग्ने नीति एमालेले अघि सारेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्ना समस्या खुलेर राख्दै एमाले नेतृत्वबाट ठोस समाधानको अपेक्षा व्यक्त गरेका थिए । भेलाले आगामी निर्वाचनमा श्रमिक वर्ग एकजुट भई एमाले उम्मेदवार प्रदीप यादवलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ ।

नेपाल ट्रेड युनियन महासंघ मधेश प्रदेश जिफन्ट पर्साका अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, जिल्ला सदस्य सुन्दर कुर्मी, ट्रेड युनियनका प्रदेश उपाध्यक्ष अमर यादव लगायतले मन्तव्य राखेका थिए ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि