Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदीपलाई जिताएर पठाउनुस्, सरकारमा महत्वपूर्ण जिम्मेवारी दिन्छौं : योगेश भट्टराई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८२
प्रदीपलाई जिताएर पठाउनुस्, सरकारमा महत्वपूर्ण जिम्मेवारी दिन्छौं : योगेश भट्टराई

वीरगंज (पर्सा), २३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर-१ मा नेकपा (एमाले)ले चुनावी माहोललाई तीव्र बनाउँदै संगठनात्मक शक्ति प्रदर्शन गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर-१२, श्रीपुरमा एमाले उम्मेदवार प्रदीप यादवको सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ।

सम्पर्क कार्यालयको उद्घाटन नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले गरेका हुन्। उद्घाटन समारोहमा पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवसहित पार्टीका केन्द्रिय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले आगामी निर्वाचनपछि देशमा पुनः एमाले नेतृत्वको सरकार बन्ने दाबी गरे। उनले स्पष्ट शब्दमा भने, “फागुन २१ पछि एमाले सरकारमा जाने निश्चित छ। पर्सा–१ बाट प्रदीप यादव विजयी भएर गए, पार्टीले उहाँलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनेछ।” भट्टराईले पर्सा–१ का मतदातालाई अत्यधिक मतसहित यादवलाई विजयी गराउन आग्रह गर्दै यसलाई क्षेत्रको विकास र राजनीतिक प्रभाव विस्तारसँग जोडेर हेर्नुपर्ने बताए।

उपमहासचिव भट्टराईले उम्मेदवार यादवलाई कर्मठ, संघर्षशील र सधैं जनताको बीचमा रहने नेता भएको उल्लेख गर्दै यस्ता पात्र संसदमा पुग्न जरुरी रहेको बताए। उनले भने, “जनतासँग जोडिएका नेताले मात्र संसदमा गएर क्षेत्र र देशका मुद्दा मजबुत रूपमा उठाउन सक्छन्।”

कार्यक्रममा बोल्दै एमाले उम्मेदवार प्रदीप यादवले संविधानमाथि गम्भीर संकट देखिएकाले त्यसको रक्षा गर्न आफूले एमाले पार्टी रोजेको बताए। “संविधान जोगिएन भने मधेसका मुद्दाहरू पनि सुरक्षित हुँदैनन्,” उनले भने, “संविधान, लोकतन्त्र र मधेसका अधिकार जोगाउनकै लागि एमाले रोजेको हुँ।” उनले एमालेभित्र समावेशी सोच र राष्ट्र निर्माणको स्पष्ट मार्गचित्र रहेको दाबी गर्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रीय उपमहासचिव भट्टराईको पर्सा आगमनसँगै पार्टीभित्र देखिएका केही असमझदारीहरू अन्त्य भएको संकेत गर्दै यादवले यो कार्यक्रम एमाले पर्सामा एकताको सन्देश बनेको बताए। उनले यसपटक पर्साका चारै निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गर्ने उद्घोषसमेत गरे। उनले भने, “यो निर्वाचन सामान्य प्रतिस्पर्धा होइन। यो संविधान जोगाउने, राष्ट्र र राष्ट्रियता जोगाउने लडाइँ हो। त्यसैले एमाले जित्नैपर्छ।”

एमाले पर्सा–१ का क्षेत्रीय संयोजक मानदेव हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल, प्रदेशसभा पूर्व सदस्य जन्नत अन्सारी, जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास, नेतृ मुन्नी श्रीवास्तवलगायत नेताहरूको उपस्थिति रहेको थियो।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि