Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपाका उम्मेदवारको प्रचार-प्रसारमा समाजवादी प्रेस संगठन र प्रेस सेन्टरको समन्वय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १९, २०८२
नेकपाका उम्मेदवारको प्रचार-प्रसारमा समाजवादी प्रेस संगठन र प्रेस सेन्टरको समन्वय

वीरगंज (पर्सा), १९ माघ । समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपाल पर्साले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा उम्मेदवारहरूसँग सोमबार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै आगामी निर्वाचनमा उम्मेदवारहरूको प्रचार-प्रसार र समन्वयमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार चारवटै निर्वाचन क्षेत्रमा प्रचार–प्रसारको सहजीकरणका लागि एक-एक जना संयोजकको जिम्मेवारीसमेत तोकिएको छ ।

समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालबीचको संयुक्त बैठकले पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, क्षेत्र नं. २ मा समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, क्षेत्र नं. ३ मा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव र क्षेत्र नं. ४ मा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनलाई संयोजकको जिम्मेवारी दिएको हो ।

अन्तरक्रियामा सहभागी चारवटै निर्वाचन क्षेत्रका नेकपा उम्मेदवारहरूले अन्य दलका उम्मेदवारहरूले पैसाको बलमा प्रचार-प्रसार गरिरहेको भएपनि नेकपाका उम्मेदवारहरूको व्यक्तिगत पृष्ठभूमि, इमान्दार छवि र पार्टीले अघि सारेको राष्ट्रिय एजेण्डाका कारण मतदाता आफूहरूप्रति विश्वस्त रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा पर्सा क्षेत्र नं. १ का उम्मेदवार सि.ए. अजय चौरसियाले आफू अनुभवी, योजनाबद्ध र जनताका समस्या बुझ्ने योग्य उम्मेदवार भएको दाबी गर्दै निर्वाचित भए शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । ‘मसँग यस क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना र दीर्घकालीन भिजन छ,’ उनले भने ।

पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आफू पैसाको बलमा होइन, जनताको विश्वासका आधारमा चुनाव लडिरहेको स्पष्ट पारे । कांग्रेस र एमालेको संयुक्त सरकारका कारण मुलुकमा जेन-जी असन्तोष बढेको आरोप लगाउँदै उनले निर्वाचित भए युवाको चाहनाअनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पर्सा क्षेत्र नं. ३ का उम्मेदवार छोटेलाल यादवले आगामी निर्वाचनमा सही उम्मेदवारको पहिचान अत्यन्तै आवश्यक रहेको बताउँदै आफू जनतासँग प्रत्यक्ष जोडिएको, योग्य र सक्षम उम्मेदवार भएको दाबी गरे । कांग्रेसका उम्मेदवार पटक–पटक सांसद र मन्त्री बने पनि क्षेत्रमा उल्लेखनीय विकास नगरेको आरोप लगाउँदै उनले आफू निर्वाचित भए पर्सा–३ को समग्र विकास गरेर देखाउने बताए ।

त्यस्तै, पर्सा क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुले कम्युनिष्ट आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरी गाविस अध्यक्षदेखि संविधानसभा सदस्यसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै आफूलाई विकासप्रेमी नेताका रूपमा जनताले चिनेको दाबी गरे । सुपौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गरी नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको स्मरण गराउँदै उनले विकास निर्माणका कामहरू विवादरहित रूपमा सम्पन्न भएकै कारण जनविश्वास प्राप्त भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्ता लगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनसँग आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

लिंकरोडस्थित होटल कुमु प्यालेसमा सम्पन्न कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि