Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र-२: घरदैलोमै जनताको आवाज सुन्दै, विश्वास जित्दै जसपा उम्मेदवार अशोक टेमानी

राजनीति भनेको जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम हो,’ उनले भने, ‘त्यसैले तपाईंहरूको विश्वासलाई परिणाममा बदल्नु मेरो पहिलो दायित्व हुनेछ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १८, २०८२
पर्सा क्षेत्र-२: घरदैलोमै जनताको आवाज सुन्दै, विश्वास जित्दै जसपा उम्मेदवार अशोक टेमानी

वीरगंज (पर्सा), १८ माघ । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले चुनावी अभियानलाई घरदैलो कार्यक्रममार्फत थप सशक्त बनाएका छन् । औपचारिक सभा–समारोहभन्दा पनि जनतासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै टेमानी पछिल्ला दिनहरूमा गाउँ–गाउँ, टोल–टोल पुगेर स्थानीय बासिन्दासँग संवाद गरिरहेका छन् । यही क्रममा उनले पर्सागढी नगरपालिका वडा नं. २ अन्तर्गत पर्ने ७ वटा गाउँटोलको भ्रमण गर्दै नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझाव नजिकबाट सुनेका छन् ।

घरको आँगनमै पुगेर उम्मेदवारलाई भेट्दा स्थानीयवासी उत्साहित देखिन्थे । कतै सडक र नाली व्यवस्थापनको समस्या उठ्यो, कतै खानेपानीको अभाव, त कतै स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरप्रति गुनासो सुनियो । किसानहरूले सिँचाइ, मल–बिउको उपलब्धता र उत्पादनको उचित मूल्य नपाएको पीडा सुनाए । युवाहरूले रोजगारीको अवसर अभावले वैदेशिक रोजगारी रोज्नुपरेको बाध्यता व्यक्त गरे भने महिलाहरूले स्वास्थ्य चौकी, सुरक्षित मातृत्व सेवा र आयआर्जनका अवसरबारे आफ्नो आवाज उठाए ।

उम्मेदवार टेमानीले प्रत्येक घरमा पुगेर धैर्यपूर्वक जनताका कुरा सुन्दै टिपोट गर्ने शैली अपनाएका थिए । उनले स्थानीयले उठाएका विषयहरूलाई चुनावी मुद्दामात्र नभई आफ्नो दायित्वका रूपमा लिएको बताउँदै समस्याको दीर्घकालीन समाधानका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । ‘जनताको समस्या बुझ्न कागजको रिपोर्ट होइन, घरको दैलोमा पुग्नुपर्छ,’ उनले भने, ‘यही विश्वासका आधारमा म तपाईंहरूसामु आएको हुँ ।’

टेमानीको घरदैलो कार्यक्रम औपचारिक भाषणभन्दा बढी संवादमुखी देखिन्थ्यो । वृद्धवृद्धासँग स्वास्थ्य सुविधा र सामाजिक सुरक्षाबारे कुराकानी, किसानसँग खेतमै उभिएर सिँचाइ र बजार व्यवस्थाबारे छलफल, तथा युवासँग रोजगारी र सीप विकासका कार्यक्रमबारे सुझाव आदान–प्रदानले कार्यक्रमलाई अर्थपूर्ण बनाएको स्थानीयवासी बताउँछन् । ‘उम्मेदवार पहिलोपटक हाम्रो घरमै आएर समस्या सुन्नुभयो, हामीले आशा गरेका छौँ,’ एक स्थानीय बासिन्दाले भने ।

पर्सागढी–२ का विभिन्न टोलमा आधारभूत पूर्वाधारको कमी स्पष्ट देखिन्छ । कतिपय बस्तीमा वर्षायाममा हिलो र हिउँदमा धुलोले जनजीवन कष्टकर हुने गरेको गुनासो छ । कृषिको लागि सिचाईको उचित व्यवस्था नभएको स्थानीयहरुले दुःखेसो पोखेका थिए । उनीहरुले खेत हुँदाहुँदै समयमा उचित सिचाईको व्यवस्था नहुँदा वर्षेनी बाली उत्पादनमा समस्या हुने गरेको उनीहरुको गुनासो थियो । यस्तै, स्वास्थ्य चौकीमा औषधि अभाव र दक्ष जनशक्ति कमीका कारण सामान्य बिरामीले पनि टाढा धाउनुपर्ने अवस्था रहेको जनगुनासो सुनिएको थियो ।

यस्ता समस्याहरूलाई नजिकबाट अवलोकन गरेपछि टेमानीले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरी योजनाबद्ध ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनले पर्सा क्षेत्र नं. २ को समग्र विकासका लागि सडक सञ्जाल विस्तार, सिचाईको उचित व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार, कृषि आधुनिकीकरण र युवामुखी रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

घरदैलो कार्यक्रमका क्रममा टेमानीले जसपाको नारा ‘अधिकार, समानता र समृद्धि’ लाई व्यवहारमा उतार्ने लक्ष्य व्यक्त गरे । उनले संविधानले दिएको अधिकारको प्रभावकारी कार्यान्वयन, सीमान्तकृत समुदायको पहुँच वृद्धि र समावेशी विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । ‘राजनीति भनेको जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम हो,’ उनले भने, ‘त्यसैले तपाईंहरूको विश्वासलाई परिणाममा बदल्नु मेरो पहिलो दायित्व हुनेछ ।’

स्थानीय युवाहरूको उत्साह पनि घरदैलो कार्यक्रममा उल्लेखनीय थियो । उनीहरूले सामाजिक सञ्जालमार्फत कार्यक्रमका तस्बिर र सन्देश साझा गर्दै अभियानलाई व्यापक बनाएका छन् । महिलाहरू, किसान, मजदुर र व्यवसायीहरूसँगको निरन्तर संवादले टेमानीको अभियानलाई जनआधारित बनाएको देखिन्छ । गाउँघरको समस्या बुझ्‌न गाउँमै उम्मेदवार टेमानी पुगेपछि उनीप्रति मतदाताहरु झुकाव बढ्दै गएको छ ।

पर्सागढी नगरपालिका वडा नं. २ का ७ वटै गाउँटोलमा सम्पन्न घरदैलो कार्यक्रमले उम्मेदवार र मतदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरेको स्थानीयको भनाइ छ । चुनावी प्रतिस्पर्धा त छँदैछ, तर टेमानीको घरदैलो शैलीले जनताको मन जित्न सफल भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् । ‘हामीले बोल्ने ठाउँ पायौँ, अब समाधानको आशा गरेका छौँ,’ एक मतदाताले प्रतिक्रिया दिए । विगतमा धेरैलाई देखियो, भोटको बेला एक पटकको लागि मौका दिनुस् भनेर आउँछ, जितेपछि वेपत्ता हुन्छ तर अब यो समस्याको अन्त्य पनि हुन्छ भन्ने मतदाताहरुले विश्वास व्यक्त गरे ।

Tags: सभा-समारोहभन्दा जनतासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि