Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश साहित्य महोत्सव दोश्रो संस्करणको तयारी अन्तिम चरणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०८२
मधेश साहित्य महोत्सव दोश्रो संस्करणको तयारी अन्तिम चरणमा

वीरगंज (पर्सा), १३ माघ । मधेश साहित्य महोत्सवको दोस्रो संस्करण यस वर्ष पनि वीरगंजमा आयोजना हुने भएको छ । यही माघ १५, १६ र १७ गते वीरगंजस्थित मधेश विश्वविद्यालय परिसरमा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था उत्कर्ष नेपालले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवका कार्यक्रम, उद्देश्य र संरचनाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राज पटेलले मधेश साहित्य महोत्सव अब केवल कार्यक्रम नभई साझा सांस्कृतिक आन्दोलनका रूपमा विकसित हुँदै गएको बताए । पहिलो संस्करणले अभूतपूर्व सहभागिता, सकारात्मक ऊर्जा र सार्वजनिक अपनत्व पैदा गरेको उल्लेख गर्दै उनले मधेश र समग्र नेपालका विविध भाषा, पहिचान र संस्कृतिलाई जोड्ने मञ्चका रूपमा महोत्सव स्थापित हुँदै गएको धारणा राखे ।

‘पहिलो संस्करणको सफलताले हामीलाई स्पष्ट सन्देश दिएको छ मधेश साहित्य महोत्सव एउटा कार्यक्रम मात्र होइन, यो आवश्यकता थियो,’ उनले भने, ‘त्यही विश्वासका साथ दोस्रो संस्करण (एमएलएफ २०२६) लाई अझ समावेशी, गहिरो र समुदाय–केन्द्रित बनाउँदै अघि बढाएका छौं ।’

मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले चुनौतीपूर्ण परिस्थितिका बाबजुद वीरगंज साहित्य र संस्कृतिको उत्सव मनाउन तयार रहेको बताए । वीरगंज बिस्तारै मधेश र समग्र नेपाललाई जोड्ने ‘कनेक्टिङ पोइन्ट’ बन्दै गएको उल्लेख गर्दै उनले देशभरिका स्रष्टा, कलाकार, चिन्तक र युवाहरूको साझा भेटघाटस्थलका रूपमा शहर विकसित हुँदै गएको बताए ।

आयोजक संस्थाका जय साहका अनुसार यस संस्करणमा विद्यालय तथा कलेजका विद्यार्थी, युवा, महिला, दलित तथा सीमान्तकृत समुदाय, नागरिक समाज र स्थानीय संस्थाहरूलाई विशेष केन्द्रमा राखिएको छ । महोत्सवअघि आयोजना हुने ‘एमएलएफ ट्यालेन्ट हन्ट’ कार्यक्रममार्फत नयाँ पुस्ताका सिर्जनशील आवाजलाई सार्वजनिक मञ्च प्रदान गरिने उनको भनाइ छ ।

महोत्सव सफल बनाउन वीरगंज महानगरपालिका, मधेश विश्वविद्यालय, मधेश प्रदेश सरकारसहित निजी तथा गैर–निजी संघसंस्था र नागरिक समाजको महत्वपूर्ण सहयोग रहने आयोजकले जनाएको छ । उत्कर्ष नेपालले सञ्चारमाध्यम, साहित्यप्रेमी, युवा, कलाकार तथा नागरिक समाजलाई महोत्सवमा सहभागी भई मधेशको कथा, स्वर र सपनालाई एउटै मञ्चमा जोड्न आग्रह गरेको छ ।

आयोजक संस्थाकी सलमा खातुनका अनुसार महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन सत्र महोत्सवका संरक्षक तथा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न हुनेछ ।

महोत्सवका सल्लाहकार गणेश लाठले जानकारी दिएअनुसार कार्यक्रम ‘बीज पत्र–गाउँः स्मृति, मिथक र यथार्थ’ विषयक सत्रबाट डा. भास्कर गौतमद्वारा उद्घाटन गरिनेछ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा १६ वटा सत्र रहनेछन्, जहाँ विशेष रूपमा गाउँघरका विषयवस्तु र स्थानीय कलाकारलाई प्राथमिकता दिइनेछ ।

यस वर्षको महोत्सवको मुख्य आकर्षणका रूपमा विशेष सांगीतिक साँझ आयोजना गरिनेछ, जसमा भारतकी चर्चित भोजपुरी गायिका कल्पना पटवारीसहित स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । दर्शकको सम्भावित भीडलाई मध्यनजर गर्दै उक्त सांस्कृतिक कार्यक्रम वीरगंजको आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना गरिने आयोजकले जनाएको छ ।

उत्कर्ष नेपालका अध्यक्ष रितु राज पटेलको अध्यक्षतामा मधेश विश्वविद्यालयको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष गणेश लाठ, भोजपुरी प्रतिष्ठानका श्याम सर्राफलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Tags: मधेश साहित्य महोत्सव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ संचालन हुन सकेन

लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ संचालन हुन सकेन

बैशाख ३१, २०८३
तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

बैशाख ३१, २०८३
विभिन्न तीनवटा मुद्दामा संलग्न तीनजना पक्राउ

विभिन्न तीनवटा मुद्दामा संलग्न तीनजना पक्राउ

बैशाख ३१, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

पूर्व-पश्चिम राजमार्ग छेउमा युवक मृत अवस्थामा फेला

बैशाख ३१, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि