Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्थानीय स्तरका समस्यालाई दीर्घकालीन समाधान नै पहिलो प्राथमिकता : रुङ्गटा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०८२
स्थानीय स्तरका समस्यालाई दीर्घकालीन समाधान नै पहिलो प्राथमिकता : रुङ्गटा

वीरगंज (पर्सा), ११ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाली काँग्रेस पार्टीबाट क्षेत्र नं. १ मा उम्मेदवारी दिएका अनिल रुङ्गटाले वीरगंज महानगरपालिका–३१ बेल्वामा रात्रीकालीन भेटघाट तथा राजनीतिक छलफल कार्यक्रममार्फत स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गरेका छन् ।

संवादका क्रममा स्थानीयले गरेको गुनासोलाई समेट्दै सम्बोधनको क्रममा उनले स्थानीय स्तरमा रहेका समस्याहरू दीर्घकालीन रूपमा समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या बुझेर व्यवहारिक, प्रभावकारी र दिगो समाधान खोज्नु नै आफ्नो मुख्य एजेण्डा रहेको स्पष्ट पारेका थिए । उनले विकास केवल भाषणमा सीमित नभई स्थानीय आवश्यकता अनुसार योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘स्थानीयवासीहरूले उठाएका सडक, सुरक्षा, सार्वजनिक सम्पत्ति र कृषि सम्बन्धी गुनासोहरू गम्भीर छन् । यी समस्या समाधानका लागि संघीय तहबाट आवश्यक पहल, सम्बन्धित निकायसँग समन्वय र जनताको सहभागितामा योजनाबद्ध ढंगले अघि बढ्नेछु । जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।’

वडा इकाइ सभापति अनिरुद्ध प्रसाद थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा इकाइ कमिटीका पदाधिकारी, समाजसेवी तथा स्थानीय अगुवाहरूसँग सम्पन्न छलफलमा बेल्वाका बासिन्दाहरूले भौतिक पूर्वाधार, सडक निर्माण, प्रहरी चौकीको अभाव, सार्वजनिक जग्गा–जमिन संरक्षण तथा कृषि सम्बन्धी विविध समस्याबारे गुनासो राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, विजय सर्राफ, अरबिन्द गुप्ता, किरण सरकारलगायत स्थानीय नेता, जनप्रतिनिधि, समाजसेवी तथा युवा अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले स्थानीय विकास, संगठन सुदृढीकरण र जनअपेक्षालाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमले स्थानीय तहका समस्या उजागर गर्नुका साथै समाधानका लागि साझा प्रतिबद्धता जनाउने महत्वपूर्ण अवसर बनेको सहभागीहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

जेष्ठ ४, २०८३
मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि