Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नक्कली सूचना र फर्जी बिल काण्डः छिपहरमाई गापा अध्यक्षसहित चारजनामाथि भ्रष्टाचार मुद्दा

आर्थिक वर्ष २०७९/८० मा छिपहरमाई गाउँपालिकाले पाँच वटा विकास आयोजनाका लागि बोलपत्र आह्वान गरिएको भनी राष्ट्रिय दैनिक ‘सौर्य दैनिक’मा सूचना प्रकाशित भएको दाबी गरे पनि सो मितिमा पत्रिकामा कुनै पनि सूचना प्रकाशित नभएको पुष्टि भएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २३, २०८२
नक्कली सूचना र फर्जी बिल काण्डः छिपहरमाई गापा अध्यक्षसहित चारजनामाथि भ्रष्टाचार मुद्दा

वीरगंज (पर्सा), २३ पुस । पर्साको छिपहरमाई गाउँपालिकामा ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षसहित चार जना व्यक्ति र एक विज्ञापन एजेन्सीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूमा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, तत्कालीन लेखापाल सञ्जय पटेल तथा केएस मल्टिपर्पोज प्रालि वीरगञ्जका सञ्चालक कमल कुमार उपाध्याय रहेका छन् । साथै, केएस मल्टिपर्पोज प्रालिलाई समेत प्रतिवादी बनाइएको छ ।

प्रतिवादीमध्येका अध्यक्ष गुप्ता नेकपा एमाले पर्साका उपाध्यक्षसमेत हुन् । उनी पर्सा जिल्लामै एक्ला व्यक्ति हुन्, जो दोस्रो कार्यकालका लागि छिपहरमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर, अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्रचलित कानुनअनुसार उनी स्वतः पदबाट निलम्बनमा परेका छन् ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा छिपहरमाई गाउँपालिकाले पाँच वटा विकास आयोजनाका लागि बोलपत्र आह्वान गरिएको भनी राष्ट्रिय दैनिक ‘सौर्य दैनिक’मा सूचना प्रकाशित भएको दाबी गरे पनि सो मितिमा पत्रिकामा कुनै पनि सूचना प्रकाशित नभएको पुष्टि भएको छ । सूचना नै नछापी फर्जी बिल र कागजात तयार गरी विज्ञापन एजेन्सीलाई कुल ४ लाख २९ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको आयोगको निष्कर्ष छ ।

अनुसन्धानबाट खुलेअनुसार गाउँपालिकाको खरिद इकाई समितिले २०७९ असोज १६ गते निर्णय गरी असोज १७ गते सौर्य दैनिकमा सूचना प्रकाशन गर्ने भनी खानेपानी ट्युबवेल जडान, छिपहरमाई स्टेडियम निर्माण तथा चार कोठे भवन निर्माणसम्बन्धी तीन ठेक्का (नं. १८/२०७९/८०, १९/२०७९/८० र २०/२०७९/८०) जारी गरिएको थियो । तर, सार्वजनिक खरिद नियमावलीअनुसार कर्मचारीमार्फत हुनुपर्ने पत्राचार अध्यक्ष गुप्ताले आफैं बदनियतपूर्वक गरेको अख्तियारले जनाएको छ ।

एजेन्सीले असोज १८ गते सूचना प्रकाशित भएको भनी जानकारी दिएपछि गाउँपालिकाले २ लाख ३३ हजार ९१० रुपैयाँ भुक्तानी गरेको देखिए पनि प्रेस काउन्सिल नेपाल र सौर्य दैनिकबाट प्राप्त प्रमाणित प्रतिलिपिअनुसार २०७९ असोज १७ गतेको अंकमा छिपहरमाई गाउँपालिकाको कुनै सूचना प्रकाशित नभएको पुष्टि भएको छ ।

त्यसैगरी, २०७९ मंसिर १८ गतेको खरिद इकाई समितिको निर्णयअनुसार दलित आवास भवन निर्माणका लागि दुई वटा ठेक्का (नं. २/२०७९/८० र २२/२०७९/८०) का बोलपत्र सूचना मंसिर १९ गते प्रकाशन गर्ने भनिए पनि ती सूचनाहरू पनि पत्रिकामा प्रकाशित नभएको अख्तियारले जनाएको छ । उक्त प्रकरणमा पनि अध्यक्ष गुप्ताले नै टिप्पणी सदर गरी विज्ञापन एजेन्सीलाई कार्यादेश दिएको र एजेन्सीको सूचनाका आधारमा १ लाख ९५ हजार ४९० रुपैयाँ भुक्तानी गरिएको पाइएको छ ।

अख्तियारले अध्यक्ष गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साह, लेखापाल पटेल तथा एजेन्सी सञ्चालक उपाध्यायबीच योजनाबद्ध मिलेमतो भएको, झुटा सूचना प्रकाशन देखाई सार्वजनिक कोषको दुरुपयोग गरिएको, गैरकानुनी लाभ लिइएको तथा राज्यलाई हानि पुर्‍याइएको ठहर गरेको छ । आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार उनीहरूविरुद्ध कैद तथा बिगो बराबरको जरिवानाको मागदाबी गरेको जनाएको छ ।

Tags: छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि