Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान क्याम्पसः व्यवस्थापनको मनोमानी विरुद्ध विद्यार्थी आन्दोलित, विवादस्पद नियुक्तिको आरोप

व्यवस्थापन पक्षले शैक्षिक सुधारभन्दा पनि आफ्ना नजिकका व्यक्तिहरूलाई नियुक्ति दिएर तलब भत्ता वितरण गर्ने, क्याम्पसलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्ने काम गरिरहेको विद्यार्थीहरुको आरोप छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०८२
हरिखेतान क्याम्पसः व्यवस्थापनको मनोमानी विरुद्ध विद्यार्थी आन्दोलित, विवादस्पद नियुक्तिको आरोप

वीरगंज (पर्सा), २१ पुस । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन पक्षको मनोमानी निर्णय र क्याम्पसलाई निजीकरणतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै विद्यार्थीहरूले आजदेखि खुला रूपमा विरोध आन्दोलन सुरु गरेका छन् । व्यवस्थापनका निर्णयहरूले शैक्षिक वातावरणमा नकारात्मक असर परेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।

विवादको केन्द्रमा क्याम्पस व्यवस्थापन पक्षले सुस्मिता यादव नाम गरेकी एक महिलालाई संयोजक पदमा नियुक्ति दिएको विषय रहेको छ । विद्यार्थीहरूका अनुसार उक्त नियुक्ति पारदर्शी प्रक्रिया नअपनाई गरिएको हो, जसका कारण क्याम्पसभित्र असन्तोष चुलिएको छ । व्यवस्थापन पक्षले आफ्‌नो मनोमानी रुपमा विवादस्थपद नियुक्ति गरेको विद्यार्थीहरुको आरोप छ ।

आज बिहानैदेखि विद्यार्थीहरू क्याम्पसको मुख्य गेट अगाडि भेला भई धर्नामा बसेका थिए । त्यसपछि उनीहरूले ठूलो संख्यामा र्‍याली निकाल्दै वीरगंज बजारका मुख्य सडकहरू परिक्रमा गरेका थिए । र्‍याली जिल्ला प्रशासन कार्यालय पर्सा पुगेपछि त्यहाँ पनि केही समय धर्ना दिँदै चर्को नाराबाजी गरिएको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘क्याम्पस निजीकरण बन्द गर’, ‘व्यवस्थापन पक्षको मनोमानी मुर्दावाद’, ‘विद्यार्थीको सुविधा बढाऊ’ जस्ता नारा लगाएका थिए ।

विद्यार्थीहरूका अनुसार क्याम्पस प्रशासनले पूर्वाधार विकास, कक्षाकोठा व्यवस्थापन, प्रयोगशाला उपकरणको अभाव तथा विद्यार्थी यातायात सुविधाको व्यवस्था गर्न पटक पटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदै आएपनि ती मागहरूलाई निरन्तर बेवास्ता गरिएको छ । उनीहरूको आरोपमा व्यवस्थापन पक्षले शैक्षिक सुधारभन्दा पनि आफ्ना नजिकका व्यक्तिहरूलाई नियुक्ति दिएर तलब भत्ता वितरण गर्ने, क्याम्पसलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्ने काम गरिरहेको छ । सुस्मिता यादवको नियुक्तिलाई पनि यही श्रृङ्खलाको एक अंशका रूपमा विद्यार्थीहरूले हेरेका छन् ।

विद्यार्थीहरूले व्यवस्थापन पक्षले क्याम्पस प्रशासनलाई अधिकारविहीन बनाउँदै सबै निर्णय आफ्नो हातमा केन्द्रित गरेको आरोप पनि लगाएका छन् । ‘यसका कारण क्याम्पसको शैक्षिक वातावरण दिनानुदिन बिग्रँदै गएको छ र हाम्रो भविष्यसँग खेलबाड भइरहेको छ,’ आन्दोलनरत एक विद्यार्थीले बताए ।

यस आन्दोलनमा विद्यार्थीहरू मात्र नभई क्याम्पसका शिक्षक, कर्मचारी तथा प्रशासन पक्षका व्यक्तिहरूको समेत नैतिक समर्थन रहेको बताइएको छ । उनीहरूले पनि व्यवस्थापनको निर्णयप्रति असहमति जनाउँदै मागहरू सम्बोधन नभए आन्दोलनमा सक्रिय रूपमा साथ दिने चेतावनी दिएका छन् ।

श्रोतका अनुसार हरिखेतान बहुमुखी क्याम्पसमा यसअघि पनि यस्तै प्रकृतिका विवादहरू पटक पटक उठ्दै आएको छ । नियुक्ति प्रक्रियामा पारदर्शिता नअपनाइएको र आर्थिक अनियमितता भएको आरोप यसअघि पनि लाग्दै आएको थियो ।

विद्यार्थीहरूले क्याम्पसलाई सार्वजनिक र गुणस्तरीय शैक्षिक संस्थाको रूपमा सञ्चालन गर्नुपर्ने, नियुक्ति प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्नुपर्ने तथा विद्यार्थी सुविधामा पर्याप्त लगानी बढाउनुपर्ने मुख्य माग अघि सारेका छन् । मागहरू तत्काल सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिने र आवश्यक परे अनिश्चितकालीन तालाबन्दीसम्मको कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।

यस विषयमा क्याम्पस व्यवस्थापन पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन । यद्यपि जिल्ला प्रशासन कार्यालय पर्साले दुवै पक्षसँग छलफल गरेर समस्या समाधानको प्रयास गरिने जनाएको छ ।

Tags: हरिखेतान बहुमुखी क्याम्पसमा विवाद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि