Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोषण र खाद्य सुरक्षालाई प्राथमिकताः वीरगंज महानगरको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २०, २०८२
पोषण र खाद्य सुरक्षालाई प्राथमिकताः वीरगंज महानगरको प्रतिबद्धता

वीरगंज (पर्सा), २० पुस । बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम आइतबार वीरगंजमा सम्पन्न भएको छ । स्थानीय तहमा पोषण र खाद्य सुरक्षासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आवश्यक परे बजेट वृद्धि गर्ने र विभिन्न निकायबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले पोषणसम्बन्धी कार्यक्रमलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । उनले श्रोत साधनको प्रभावकारी व्यवस्थापन गर्दै सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यमार्फत पोषण तथा खाद्य सुरक्षाका कार्यक्रमलाई दिगो र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

वीरगंज महानगरपालिका–२७ घुर्मीका अध्यक्ष हृदयानन्द प्रसादको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द ठाकुरले प्रस्तुतीकरणमार्फत बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको विस्तृत जानकारी गराए । उनका अनुसार यो कार्यक्रम वीरगंज महानगरपालिकाका वडा नम्बर १६, २२, २७ र ३२ मा लक्षित रूपमा सञ्चालन गरिनेछ ।

कार्यक्रम संयोजक खुशबू श्रीवास्तवले जानकारी दिँदै करिब २० लाख रुपैयाँको लागतमा प्रत्येक २५–२५ जनाको समूह गठन गरी पोषण तथा खाद्य सुरक्षासम्बन्धी विभिन्न सचेतनामूलक तथा व्यवहार परिवर्तनमुखी गतिविधि सञ्चालन गरिने बताइन् । यसले समुदायस्तरमै पोषण सुधार र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

बैठक तथा अभिमुखीकरण कार्यक्रममा सहभागी प्रतिनिधिहरूले स्थानीय तहमा पोषण अवस्था सुधार, खाद्य सुरक्षा सुदृढीकरण तथा समुदायको सक्रिय सहभागितामार्फत कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सहभागीहरूले आपसी समन्वय, नियमित अनुगमन र स्थानीय स्रोतको अधिकतम उपयोगमार्फत बहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेमा जोड दिएका थिए ।

Tags: पोषण तथा खाद्य सुरक्षा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि