Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको अलग अवस्थामा शव फेला, अनुसन्धान तीव्र

घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको विनाको अवस्थामा शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १९, २०८२
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको अलग अवस्थामा शव फेला, अनुसन्धान तीव्र

ईश्वरपुर (सर्लाही), १९ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एकजना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ । घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ ।

ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको विनाको अवस्थामा भेटिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।

स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलतर्फबाट रूख काटिएको जस्तो आवाज आएको थियो । सो आवाज सुनेर केही स्थानीय त्यसतर्फ गएका थिए । तर, दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र उनको मोबाइल फोन ‘स्वीच अफ’ देखिएपछि परिवारका सदस्य र स्थानीयवासीले खोजी सुरु गरेका थिए ।

खोजतलासका क्रममा जंगलभित्र अत्यन्तै विभत्स अवस्थामा टाउको अलग गरिएको महतोको शव फेला परेको डीएसपी राईले बताए । हालसम्म शवको टाउको भने फेला नपरेको र त्यसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

‘घटनास्थलमै शवको मुचुल्का उठाउने काम भइरहेको छ । टाउको अझै भेटिएको छैन,’ डीएसपी राईले भने । घटनाको गम्भीरताका कारण साँझ धनुषाको लालगढबाट तालिम प्राप्त खोजी कुकुर (स्निफर डग) झिकाएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान तीव्र बनाएको जनाएको छ । विभत्स हत्या घटनाले सिंगो क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ ।

Tags: टाउको अलग अवस्थामा शव फेला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि