Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कमजोर प्रहरी, बलिया तस्कर: प्रहरीको पेस्तोल खोसेर तस्कर फरार, सुरक्षा प्रणालीमाथि प्रश्न !

प्रहरीकै हातबाट पेस्तोल खोसेर तस्कर समूह फरार भएको घटना एक हप्ताभन्दा बढी समय बितिसक्दासमेत बारा प्रहरीले यस विषयलाई गोप्य राखेको आरोप लागेपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १८, २०८२
कमजोर प्रहरी, बलिया तस्कर: प्रहरीको पेस्तोल खोसेर तस्कर फरार, सुरक्षा प्रणालीमाथि प्रश्न !

कलैया (बारा), १८ पुस । बारा जिल्लाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीकै एक अधिकृतको हातबाट सरकारी पेस्तोल खोसेर तस्कर समूह फरार भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । तर, घटना भएको एक हप्ताभन्दा बढी समय बितिसक्दासमेत बारा प्रहरीले यस विषयलाई गोप्य राखेको आरोप लागेपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय कवहीगोठमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले ड्युटीका क्रममा बोकेको सरकारी ‘नाइन एन’ पेस्तोल तस्कर समूहले खोसेर लगेको श्रोतको दाबी छ । पुस ११ गते शुक्रबार साँझ सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा सई मिश्रले तस्करहरूतर्फ पेस्तोल ताक्ने बित्तिकै उनीहरूको समूहले हतियार समातेपछि घटनास्थलबाट फरार भएको बताइएको छ ।

प्रहरी श्रोतका अनुसार, सई मिश्र आफ्नो कार्यक्षेत्रमा कमजोर अधिकृतको रूपमा चिनिँदै आएका थिए । यस्तो अवस्था जानकारी हुँदाहुँदै पनि जिल्ला प्रहरी कार्यालयले उनलाई समयमै प्रतिस्थापन नगर्दा तस्कर समूहले सजिलै अवसर पाएको आरोप उठेको छ । सीमावर्ती क्षेत्रमा प्रहरी व्यवस्थापनमै चरम लापरबाही भएको भन्दै आलोचना चर्किंदै गएको छ ।

अझ गम्भीर पक्ष के भने, घटना भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि लुटिएको पेस्तोल अहिलेसम्म फेला परेको छैन । तस्कर समूह प्रहरीकै हतियार लिएर खुलेआम हिँडिरहेको हुनसक्ने आशङ्का गरिए पनि प्रहरीले हालसम्म हतियार बरामद गर्न सकेको छैन, जसले सुरक्षा अवस्था झनै चिन्ताजनक बनाएको छ ।

घटना बाहिरिएपछि मात्रै मधेस प्रदेश प्रहरी कार्यालय सक्रिय भएको देखिएको छ । बिहीबार मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

यसैबीच, बारा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुरेश राज भट्टले सरकारी पेस्तोल हराएको पुष्टि गर्दै छानबिन प्रक्रिया सुरु भइसकेको जानकारी दिए । यद्यपि, उनले तस्कर समूहले पेस्तोल लुटेको भन्ने आरोप अस्वीकार गरे । ‘त्यस्तो होइन, तस्कर समूहले लुटेको भन्ने कुरा गलत हो, हामी छानबिन गरिरहेका छौँ,’ उनले भने ।

उनका अनुसार सई मिश्रले पेस्तोल कार्यालय परिसरमै हराएको दाबी गरेका छन् । तर, प्रहरीको प्रारम्भिक अनुमानअनुसार गस्तीमा गएको बेला खसेर हराएको हुनसक्ने आशङ्का गरिएको छ । ‘यसअघि पनि यस्ता घटनाहरू भएका छन्। अनुसन्धानका लागि समिति गठन भइसकेको छ, छिट्टै यथार्थ बाहिर आउनेछ,’ भट्टले बताए ।

यसअघि पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भइसकेको छ । गत वर्ष वैशाखमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत सई पूर्ण बिसीको अटोमेटिक पेस्तोल हराएको थियो । त्यतिबेला पनि तस्करलाई पक्राउ गर्ने क्रममा हतियार खसेर हराएको दाबी गरिएको भएपनि तस्कर समूहले नै खोसेको आशङ्का व्यापक थियो ।

यो घटना बारामा प्रहरीको लापरबाही र कमजोर व्यवस्थापनको एउटा उदाहरण मात्र भएको स्थानीयको भनाइ छ । भारतीय राज्य बिहारसँग जोडिएको बाराका विभिन्न नाकाबाट प्रहरीकै मिलेमतोमा भन्सार छलेर दैनिक रूपमा तस्करी हुने गरेको, साथै प्रतिबन्धित लागूऔषधको ओसारपसार निर्बाध रूपमा भइरहेको आरोप स्थानीयले लगाउँदै आएका छन् ।

प्रहरीको यस्तो लापरबाही र सम्भावित संलग्नताकै कारण पछिल्लो समय बारा जिल्ला लागूऔषध र भन्सार छली तस्करीको प्रमुख हबको रूपमा विकास हुँदै गएको बताइन्छ । सीमावर्ती क्षेत्रमा प्रभावकारी गस्ती र अनुगमनको अभावमा तस्करहरू निर्धक्कसँग क्रियाकलाप गरिरहेका छन् ।

कमजोर वा अयोग्य अधिकृतहरूलाई संवेदनशील जिम्मेवारी दिनु, गम्भीर घटनाहरूलाई ढाकछोप गर्ने प्रयास गर्नु र समयमै कारबाही नहुनुले प्रहरी संगठनको विश्वसनीयता गुम्दै गएको स्थानीयको गुनासो छ । तस्करहरूले प्रहरीकै हतियार बोकेर हिँड्ने अवस्था सिर्जना हुनुले सुरक्षा स्थिति कति कमजोर बनेको छ भन्ने स्पष्ट संकेत गर्दछ ।

स्थानीयवासीहरूका अनुसार, यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर दोषीमाथि कडा कारबाही नगरे तस्करी झनै मौलाउने खतरा बढ्नेछ । बारामा तस्करी नियन्त्रण र सीमावर्ती सुरक्षालाई मजबुत बनाउन तत्काल कडा कदम चाल्नुपर्ने माग स्थानीय स्तरबाट तीव्र रूपमा उठ्न थालेको छ ।

Tags: प्रहरीको पेस्तोल तस्करको हातमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि