Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आगामी निर्वाचनको केन्द्रमा रास्वपा : रवि-बालेन-कुलमानको एकताले नयाँ राजनीतिक समीकरण

वि लामिछाने, बालेन शाह र कुलमान घिसिङ सम्मिलित यो वैकल्पिक राजनीतिक शक्तिले आउँदो निर्वाचनमा बहुमतसहितको सरकार निर्माण गर्ने योजना सार्वजनिक रूपमै अघि सारेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १७, २०८२
आगामी निर्वाचनको केन्द्रमा रास्वपा : रवि-बालेन-कुलमानको एकताले नयाँ राजनीतिक समीकरण

काठमाडौं, १७ पुस । आगामी आम निर्वाचनलाई लक्षित गर्दै उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई केन्द्रबिन्दू बनाएका छन् । झण्डै एक वर्ष कारागारमा बसेर रिहा भएका रास्वपा सभापति रवि लामिछानेको सक्रियतापछि सुरु भएको एकता अभियानले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । यही अभियानकै परिणामस्वरूप काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपामा समाहित भएका छन् ।

रवि लामिछानेले सबैभन्दा पहिला बालेन शाहसँग एकताको पहल गरेका थिए । निरन्तर छलफल र प्रयासपछि बालेन रास्वपामा आबद्ध भए । त्यसपछि अन्तिम चरणमा आएर उज्यालो नेपाल पार्टीलाई पनि रास्वपामा समाहित गराइएको हो । यस एकतासँगै बनेको सहमतिअनुसार बालेन शाहलाई रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ भने कुलमान घिसिङ पार्टीको दोश्रो वरियतासहित रास्वपामा प्रवेश गरेका छन् ।

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ सम्मिलित यो वैकल्पिक राजनीतिक शक्तिले आउँदो निर्वाचनमा बहुमतसहितको सरकार निर्माण गर्ने योजना सार्वजनिक रूपमै अघि सारेको छ । उनीहरूले कार्यकर्ता र जनतालाई स्पष्ट रूपमा सरकार गठनको आश्वासन दिँदै आएका छन् । तर, निर्वाचनको वास्तविक मत परिणामले अग्रिम भागबण्डा र शक्तिको बाँडफाँटलाई न्याय दिन्छ वा दिँदैन भन्ने विषय भने अहिल्यै ठोस रूपमा आँकलन गर्न सकिने अवस्था छैन ।

कस्तो छ रवि-बालेन ‘बोण्डिङ’ ?
एकताको चर्चा सुरु हुँदा फरक चरित्र र पृष्ठभूमिका रवि लामिछाने र बालेन शाहबीच सहमति जुट्न कठिन हुने व्यापक अनुमान गरिएको थियो । तर निरन्तर संवाद र प्रयासपछि उनीहरू एकतामा पुगेका हुन् । एकता घोषणा लगत्तै बालेन शाहले सामाजिक सञ्जालमा रास्वपाप्रतिको अपनत्व देखाउने संकेत गरेका थिए । उनले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ राखेर फेसबुकमा ‘शुभप्रभात’ लेख्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

त्यसपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपामा समाहित हुँदा प्रमुख साक्षी बालेन शाह नै बने । कुलमानको प्रवेशपछि बालेनले रवि, कुलमान र आफ्नो संयुक्त तस्बिर सार्वजनिक गर्दै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने स्टाटस लेखे । यसले रास्वपाप्रतिको स्वीकारोक्ति र भावनात्मक सम्बन्धलाई थप स्पष्ट पारेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

उता, रवि लामिछानेले पनि बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको विषयलाई पटक–पटक दोहोर्‍याउँदै आएका छन् । उनले बालेनलाई परिवर्तनको वाहक, नयाँ पुस्तामा राजनीतिक चेतना फैलाउने व्यक्तित्वका रूपमा प्रशंसा गरेका छन् । महानगर प्रमुखका रूपमा बालेनले परिवर्तनको झिल्को बालेको र अब एकतापछि त्यो झिल्को राँकोमा रूपान्तरण हुने भन्दै रविले बालेनसँगको सहकार्यप्रति उत्साहजनक टिप्पणी गरेका छन् ।

रविको बालेनप्रतिको समर्पित अभिव्यक्ति र बालेनको रास्वपाप्रतिको सार्वजनिक स्वीकारोक्तिले रवि–बालेन ‘बोण्डिङ’ क्रमशः बलियो बन्दै गएको देखिन्छ । यदि यही सहकार्य र सह–अस्तित्व दीर्घकालीन रूपमा कायम रह्यो भने, यही एकताका कारण रास्वपाले व्यापक जनसमर्थन पाउने प्रष्ट देखिन्छ ।

समानुपातिक सूचीमा उठेका प्रश्न र सच्याउने प्रतिबद्धता
यसैबीच, रास्वपाले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत सांसद बन्ने उम्मेदवार सूची तयार गर्दा नाता र दातालाई प्राथमिकता दिएको आरोप खेप्दै आएको छ । परम्परागत दलहरूमा देखिने यस्ता विकृतिमाथि कडा प्रश्न उठाउँदै आएको रास्वपामाथि नै यस्तै आरोप लागेपछि राजनीतिक वृत्तमा आलोचना चर्किएको थियो ।

आलोचनापछि रास्वपाले सूचीमा त्रुटि भएको स्वीकार गर्दै नामावली सच्याउने प्रतिबद्धता जनाएको छ । पार्टी सभापति रवि लामिछानेले आफन्तवाद वा आर्थिक प्रभावका आधारमा उम्मेदवार सिफारिस नगरिएको दाबी गर्दै, यदि त्यस्तो देखिए पुनरविचार गरिने स्पष्ट पारेका छन् ।

उता, कुलमान घिसिङले पनि समानुपातिक सांसद सिफारिसमा आफ्नो नाम जोडेर आएका टिप्पणीप्रति सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका छन् । आफन्तको नाम सिफारिस गरिएको आरोपलाई खण्डन गर्दै उनले लेखेका छन्, ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध उभिँदै आएको छु । तथ्य नबुझी फैलाइने नियोजित हल्ला र आरोप दुःखद छन् । असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर बदनाम गराउने प्रयास आपत्तिजनक छ ।’ साथै, उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसरी, रास्वपाले आलोचनापछि आफन्तवाद र आर्थिक स्वार्थसँग जोडिएका पात्रको नाम फिर्ता लिने प्रतिबद्धता जनाइसकेको छ । तर बन्द सूचीमा समावेश भइसकेका नामहरू पुनः फिर्ता गर्न मिल्छ वा मिल्दैन भन्ने विषय भने अहिले कानूनी बहसको विषय बनेको छ ।

Tags: रवि-बालेन-कुलमानको एकता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि