Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनुदानको मल वितरण डिजिटल निगरानीमा, स्टक र बिक्री विवरण किसान अब अनलाइनमै हेर्न पाउने

मल वितरणका क्रममा केही विक्रेताले गर्ने पक्षपात, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने, अनाधिकृत व्यक्ति वा संस्थालाई मल बिक्री गर्ने जस्ता गुनासालाई सम्बोधन गर्न यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १४, २०८२
अनुदानको मल वितरण डिजिटल निगरानीमा, स्टक र बिक्री विवरण किसान अब अनलाइनमै हेर्न पाउने

वीरगंज (पर्सा), १४ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा उपलब्ध गराइने रासायनिक मलको वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ । मल खरिददेखि बिक्री वितरणसम्मका सबै गतिविधिलाई डिजिटल माध्यमबाट निगरानी गर्ने उद्देश्यले यो प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मल आयात, वर्तमान मौज्दात (स्टक) तथा देशभर हुने बिक्री वितरणको अद्यावधिक विवरण अब जुनसुकै समय अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ । यसले मल वितरण प्रक्रियामा देखिँदै आएका अनियमितता, अपारदर्शिता र पहुँचवालाको दबदबा अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेषगरी बजारमा मल वितरणका क्रममा केही विक्रेताले गर्ने पक्षपात, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने, अनाधिकृत व्यक्ति वा संस्थालाई मल बिक्री गर्ने जस्ता गुनासालाई सम्बोधन गर्न यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । डिजिटल प्रणालीमार्फत सबै विवरण सार्वजनिक हुने भएकाले विक्रेताको गतिविधिमा प्रत्यक्ष निगरानी सम्भव हुने बताइएको छ ।

यस प्रणालीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कुनै पनि सहकारी वा फर्मले प्राप्त गरेको कोटाको मल कुन कुन किसानलाई, कति परिमाणमा र कहिले बिक्री गरियो भन्ने विस्तृत विवरण सर्वसाधारणले समेत प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था हो। यसले वास्तविक किसानले मल पाए नपाएको विषयमा पारदर्शिता बढाउनेछ ।

सर्वसाधारण तथा किसानले मन्त्रालयको आधिकारिक वेबसाइट http://www.moald.gov.np वा सिधै http://fms.moald.gov.np मा गएर यो विवरण हेर्न सक्नेछन् । वेबसाइटको ‘हाम्रो सेवाहरू’ खण्डभित्र रहेको ‘अनुदानको मल वितरण सूचना प्रणाली’ मा क्लिक गरी आफ्नो स्थानीय तह छनोट गरेपछि उक्त क्षेत्रको मलको मौज्दात र बिक्री वितरणसम्बन्धी सम्पूर्ण विवरण खुल्नेछ ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार मल विक्रेता सहकारी तथा फर्महरूले आफ्नो स्टक र बिक्रीसम्बन्धी विवरण अनिवार्य रूपमा र नियमित यस प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । विक्रेताले विवरण प्रविष्ट गरेपछि मात्र प्रणालीमा देखिने भएकाले जिम्मेवारीपूर्वक काम गर्न मन्त्रालयले सबै सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

यसैबीच मन्त्रालयले किसानलाई पनि यस डिजिटल सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ । प्रणालीमार्फत उपलब्ध जानकारी हेरी अनियमितता देखिएमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सकिने भएकाले मल वितरणलाई थप पारदर्शी बनाउन किसानकै भूमिका महत्वपूर्ण हुने मन्त्रालयको भनाइ छ ।

सरकारको यो पहलले मल वितरणमा लामो समयदेखि देखिँदै आएको कालोबजारी, कृत्रिम अभाव र पहुँचवालाको दबदबा अन्त्य भई वास्तविक किसानले समयमै र सहजरूपमा मल पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

Tags: अनुदानको मल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि