Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आईजीपी राजु अर्यालद्वारा वीरगंज रक्सौल मितेरी पुल क्षेत्रको सौन्दर्यकरण कार्यको निरीक्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १३, २०८२
आईजीपी राजु अर्यालद्वारा वीरगंज रक्सौल मितेरी पुल क्षेत्रको सौन्दर्यकरण कार्यको निरीक्षण

वीरगंज (पर्सा), १३ पुस । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले नेपाल भारत सीमा क्षेत्रमा अवस्थित वीरगंज रक्सौल अन्तर्राष्ट्रिय मितेरी पुल वरिपरि सञ्चालन भइरहेको सौन्दर्यकरण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सीमा क्षेत्रको सुरक्षा व्यवस्था, सरसफाइ तथा पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् । नेपाल भारत सीमा क्षेत्र संवेदनशील रहेको उल्लेख गर्दै उनले यस्ता क्षेत्रमा वातावरणीय सौन्दर्य, स्वच्छता र सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनु अत्यन्त आवश्यक रहेको बताए ।

आईजीपी अर्यालले सीमा क्षेत्रमा हरियाली प्रवद्र्धन, सार्वजनिक स्थलको संरक्षण तथा दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायहरूबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । उनले सीमा क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने कार्यले दुवै देशबीचको सम्बन्ध र स्थानीय नागरिकको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

उक्त सौन्दर्यकरण अभियान वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण, वीरगञ्जको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । अभियानले वीरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने लक्ष्यमा सहयोग पुर्‍याइरहेको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

निरीक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख प्रहरी उपरीक्षक पुरन चन्द भट्ट, सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी, रक्सौल सीमा सुरक्षाबलका पदाधिकारी, सशस्त्र प्रहरीका प्रतिनिधि, नगरप्रहरी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रको सौन्दर्यकरणले सुरक्षा सुदृढीकरण मात्र नभई पर्यावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा नागरिक सचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Tags: मितेरी पुल क्षेत्रको सौन्दर्यकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि