Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रबि लामिछाने र बालेन शाह एकताको वार्ता निर्णायक चरणमा, शनिबार अन्तिम टुङ्गो लाग्ने अपेक्षा

नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुपर्छ भन्ने विषयमा दुवै पक्षबीच कुनै द्विविधा छैन । तर, सहमतिको पूर्ण खाका तयार पार्न केही समय लागिरहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ११, २०८२
रबि लामिछाने र बालेन शाह एकताको वार्ता निर्णायक चरणमा, शनिबार अन्तिम टुङ्गो लाग्ने अपेक्षा

कठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच वैकल्पिक राजनीतिक शक्तिहरूको एकताका लागि जारी छलफल अन्तिम चरणमा पुगेको छ । शुक्रवार दिनभरि सघन छलफल भएपनि केही विषयमा अन्तिम सहमति जुट्न नसक्दा शनिवार निर्णायक वार्ता हुने अपेक्षा गरिएको छ ।

दुवै पक्षका वार्ताकारहरूका अनुसार शुक्रवार बिहानदेखि रास्वपाको तर्फबाट शिशिर खनाल र असीम शाह तथा मेयर बालेनको तर्फबाट कुमार व्यञ्जनकार (बेन) र भूपदेव शाह सहभागी चार सदस्यीय कार्यदलले निरन्तर छलफल गरेको थियो । कार्यदलस्तरको छलफलमा वैकल्पिक शक्तिहरूबीच सहकार्यको खाका तयार पार्न विभिन्न राजनीतिक, संगठनात्मक र प्राविधिक विषयमा गहिरो संवाद भएको जनाइएको छ ।

श्रोतका अनुसार दिउँसोसम्म सहकार्यको पहिलो खाका तयार भए पनि केही प्राविधिक विषय र शक्ति बाँडफाँटका सवालमा टुङ्गो लाग्न बाँकी रहेको छ । काठमाडौँ महानगरपालिकाको नगर सभामा व्यस्तताका कारण मेयर शाह उपस्थित हुन नसक्दा अन्तिम मस्यौदामा हस्ताक्षर हुन नसकेको बताइएको छ ।

सहमति उन्मुख प्रमुख बुँदामध्ये रास्वपा सभापतिमा रवि लामिछाने नै कायम रहने र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने प्रस्ताव मुख्य रहेको छ । यस प्रस्तावमा लामिछाने पक्ष सकारात्मक रहेको श्रोतले जनाएको छ ।

त्यस्तै, पार्टीको केन्द्रीय समितिमा बालेन पक्षलाई उपयुक्त स्थान दिने, सह–सभापति वा दोस्रो वरीयताको पद संरचना बनाउने विषयमा समेत छलफल सकारात्मक दिशामा अघि बढेको वार्ताकारहरूको भनाइ छ । संगठनात्मक समायोजन र नेतृत्व संरचनामा सहमतिका लागि थप गृहकार्य भइरहेको जनाइएको छ ।

मेयर शाहका एक सहयोगीले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुपर्छ भन्ने विषयमा दुवै पक्षबीच कुनै द्विविधा छैन । तर, सहमतिको पूर्ण खाका तयार पार्न केही समय लागिरहेको छ । समानुपातिक सूची बुझाउने मिति नजिकिँदै गर्दा छिट्टै टुङ्गो लाग्ने अपेक्षा छ ।’ उता रास्वपाका एक नेताले पनि सहमति उन्मुख रहेको जनाउँदै मोर्चा निर्माण गर्ने कि पूर्ण एकताको मोडालिटी अपनाउने भन्ने विषयमा अन्तिम छलफल भइरहेको बताए ।

यसअघि सोमबार राति करिब ६ घण्टा लामो ‘म्याराथन’ छलफलपछि रवि लामिछाने र बालेन्द्र शाह सहकार्यको सैद्धान्तिक सहमतिमा पुगेका थिए । त्यसयता मेयर शाहले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग परामर्श जारी राखेका छन् भने रास्वपाले पनि वैकल्पिक राजनीतिक शक्तिहरूसँग संवादलाई तीव्र बनाएको छ । कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’सँग त्रिपक्षीय एकताको सम्भावना समेत कायम रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा पुराना दलहरूलाई कडा चुनौती दिन वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने आवाज बलियो बन्दै गएको छ । शुक्रवारसम्म अन्तिम सहमति नजुटे पनि दुवै पक्षका नेताहरूले छलफललाई सकारात्मक रहेको बताएका छन् । श्रोतका अनुसार शनिवार रवि लामिछाने र बालेन्द्र शाहबीच प्रत्यक्ष भेटवार्ता गरी अन्तिम टुङ्गो लगाउने तयारी भइरहेको छ ।

सहमति भएमा आगामी निर्वाचनमा रास्वपाको नाम र चुनाव चिह्न ‘घण्टी’ नै कायम रहने सम्भावना बलियो देखिएको छ । यद्यपि, अन्तिम निर्णय नआएसम्म बालेन पक्षले ‘देश विकास पार्टी’ (चिह्न : लौरो) को विकल्प पनि खुला राखेको बुझिएको छ ।

Tags: रबि लामिछाने र बालेन शाह
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि