Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गहुँ सिजनमै गण्डक नहर सुख्खा हुने संकेत, पर्सा बारा र रौतहटका हजारौं किसान संकटमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १२, २०८२
सुक्खा नहर, आकाशे पानीे पर्खदै किसान, पर्सामा ७.५३ प्रतिशत मात्रै धान रोपाई

वीरगंज (पर्सा), १२ मंसिर । गहुँ खेतीको मुख्य सिजन सुरु हुनै लाग्दा भारतले यस वर्ष गण्डक नहरमार्फत पानी उपलब्ध गराउन नसक्ने जनाएको छ । भारतीय पक्षबाट आएको यो सूचनाले नहर सिँचाइमा आश्रित पर्सा, बारा र रौतहटका हजारौं किसान गम्भीर संकटको चारैतिरबाट घेरिन पुगेका छन् । समयमै सिँचाइ नपाए गहुँ उत्पादनमा ठूलो गिरावट आउने भन्दै किसानहरू अहिले निकैै चिन्तित छन् ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगंजका सूचना अधिकारी इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारत बिहारस्थित रामनगर गण्डक नहरको दोन कनाल कार्यालयले आफूभन्दा माथिल्लो बेतिया कार्यालयलाई पठाएको पत्राचारको प्रतिलिपि नेपालतर्फ बोधार्थ पठाएको हो । यद्यपि नेपाली पक्षले सोझै आधिकारिक पत्र मागिसकेको उनले बताए ।

पत्रमा भारतीय पक्षले यस वर्ष हिउँदमा नहर सफाइ तथा मर्मतसम्भारका लागि ठेक्का प्रक्रियामार्फत काम सुरु हुने भएकाले नहरमा पानी प्रवाह गर्न नसकिने उल्लेख छ । साहले भने, ‘हामीले भारतीय पक्षसँग सोझै संवाद जारी राखेका छौं । तर यो पूर्ण रूपमा द्विपक्षीय विषय भएकाले सिँचाइ विभागले पनि भारतीय समकक्षीलाई औपचारिक दबाब दिएर पहल गर्न आवश्यक छ ।’

हाल नहरमा आएको पानी क्रमशः सुक्दै गएको र नयाँ पानी नआएपछि मर्मतसम्भार कार्य सुरु हुने बताइएको छ । एकपटक मर्मत सुरु भयो भने गहुँ सिजनमा पानी पुग्न नसक्ने निश्चित छ । तथापि, साहले नेपाली किसानलाई आवश्यक सिँचाइ उपलब्ध गराएर त्यसपछि मर्मत कार्य सुरु गर्ने वैकल्पिक समयसीमा मिलाउन भारतसँग वार्ता सम्भव रहेको तर्क गरे ।

अब केही दिनमै किसानहरूले गहुँको बीउ रोप्न सुरु गर्छन् । रोपेरै केही समयपछि हुने एकपटकको सिँचाइ गहुँ बालीको विकासमा अत्यन्त महत्वपूर्ण मानिन्छ । तर सम्झौताअनुसार भारतले जाडो सिजनमा ८५० क्यूसेक पानी दिनुपर्ने व्यवस्था भएपनि वर्षौंदेखि नहर सफाइ तथा भारतीय भू–भागमा मर्मत अभावका कारण नहरको पानी रौतहटको पूर्वी भेगसम्म पुग्न सकिरहेको छैन ।

गण्डक नहर प्रणालीअन्तर्गत ३७ हजार ४ सय हेक्टर जग्गा सिँचाइयोग्य रहेकोमा पर्सामा १६ हजार हेक्टर, बारामा ९ हजार हेक्टर र बाँकी रौतहटमा पर्छ । सम्झौताअनुसार असार १५ मा धान सिजन र पुस १५ मा गहुँ सिजनका लागि नेपालतर्फ पानी प्रवाह गर्न भारत बाध्य छ । तर यस वर्ष पुस महिनातिरै मर्मत थाल्ने जानकारीले किसानहरूको भविष्य अनिश्चित देखिएको छ ।

गण्डक नहर नवलपरासीको त्रिवेणी–भैसालोटनस्थित नेपाल–भारत सीमास्थित प्रमुख ब्यारेजबाट सुरु हुन्छ । भारततर्फ ९२ किलोमिटर यात्रा गरेपछि पर्साको जगरनाथपुरबाट नेपाल प्रवेश गर्छ । नेपालमा ८१ किलोमिटर लम्बाइमा १५ ब्लकमा विभाजित यो नहर रौतहटको बागमती नदीमा मिसिँदै समाप्त हुन्छ ।

प्रदेश २ का तीन प्रमुख जिल्लाका किसानका लागि जीवनरेखा सरहको नहरमै हिउँद सिजनमा पानी नआउने भएपछि यस वर्ष गहुँ उत्पादनमा ठूलो असर पर्ने निश्चित जस्तै देखिएको छ । अब भारतीय पक्षसँग कूटनीतिक तहमा कत्तिको प्रभावकारी पहल हुन्छ, त्यसैले किसानहरूको गहुँ सिजन ‘बाँच्ने कि डुब्ने’ निर्णय हुनेछ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि