Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भरवलिया स्थित आधारभूत विद्यालयको विजोग, विद्यार्थी उपस्थिति ६ जना मात्रै ! शिक्षकहरुको रजाई

हाजरी रजिष्टरमा टन्नै बालबालिकाको नाम देखाई खाजा वापतको भत्ता कुम्ल्याउने प्रधानाध्यापकको योजना, रजिष्टरमा १८७ जना विद्यार्थी तर उपस्थित भने ६ जना मात्रै ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८१
भरवलिया स्थित आधारभूत विद्यालयको विजोग, विद्यार्थी उपस्थिति ६ जना मात्रै ! शिक्षकहरुको रजाई

• हरिशंकर शर्मा
कलैया (बारा), ७ मंसिर । बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ भरवलिया स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा प्रधानाध्यापक देखि शिक्षकहरुको रजाई छ । विद्यालयमा बालबालिकाहरु उपस्थित नभएपछि प्रधानाध्यापकदेखि शिक्षकहरु विद्यालय हाताभित्र बसेर गफ हान्दै, समय विताउँदै मोज गर्दै आएका छन् । कक्षा १ देखि ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा दैनिक ४ देखि ६ जना विद्यार्थीहरुको मात्रै उपस्थिति हुन्छ, जसको मौका छोपी प्रधानाध्यापकदेखि शिक्षकहरु अध्यापनको नाममा समय विताउँदै मोज गर्दै आएका छन् ।

विद्यालयमा प्रधानाध्यापक मनोज साह सहित ६ जना शिक्षक कर्मचारीहरु छन् तर दैनिक विद्यार्थीहरुको उपस्थिति संख्या पनि ६ जना मात्रै छ । बिहीबार स्थानीयहरुले स्थलगत अवलोकन गर्ने क्रममा विद्यालयमा जाँदा शिक्षकहरु विद्यालय हाताभित्र बसेर गफ हान्दै घाम तापी रहेको पाइएको थियो भने एउटा कक्षामा जम्मा ६ जना विद्यार्थी शिक्षक विना अध्ययन गरि रहेको पाइयो । विद्यालयको हाजरी रजिष्टरमा विद्यार्थीहरुको संख्यामा भने टन्नै छ, तर उपस्थिति शुन्य छ । विद्यालयको हाजरी रजिष्टरमा कक्षा १ देखि ५ सम्म १ सय ८७ जना विद्यार्थीहरुको नाम दर्ता छ तर विद्यालय आउने बालबालिकाहरु ६ जना मात्रै ।

विद्यालयमा उपस्थित ६ जना विद्यार्थीहरु ।

विद्यालयमा अध्यापन नहुने गरेको कारण अभिभावकहरुले आ-आफ्नो बालबालिकालाई त्यहाँबाट हटाएर अन्यत्र बोर्डिङ्ग स्कुलमा अध्यापन गराई रहेको बताइएको छ । विद्यालयमा प्रधानाध्यापक सहित शिक्षकहरुले अध्यापनको नाममा समय मात्र विताउने गरेकोले बालबालिकाहरुको भविष्य नै अन्यौलमा पर्ने अवस्थालाई मध्यनजर गर्दै अभिभावकहरुले आ-आफ्ना बालबालिकाहरुलाई त्यहाँबाट हटाएर भलुही चोक स्थित इङ्गलिस बोर्डिङ्ग स्कुलमा हालेको स्थानीयहरु बताउँछन् । विगत एक वर्ष पहिले नै त्यस विद्यालयबाट हटाएर अन्य निजी विद्यालयमा भर्ना भइसकेका विद्यार्थीहरुको पनि हालसम्म ति विद्यालयमा नाम दर्ता छदैछ । यस्तो कार्यले गर्दा बालबालिकाहरुको नाम देखाएर खाजा वापतको बढि बजेट प्रधानाध्यापकले कुम्ल्याउँदै आएको प्रष्ट देखिन्छ ।

स्थानीय धिरज पटेल भन्छन् ‘बालबालिकाहरुको अध्यापनप्रति न प्रधानाध्यापकको चिन्ता छ, न यहाँको शिक्षकको, १० बजे विद्यालय खुल्ने समय भएपनि उनीहरु ११ बजे आउँछन् र १ नबज्दै विद्यार्थी उपस्थित नभएको निहुँमा आफ्नो घरतर्फ लाग्छन् । यस्तो अवस्थामा कुन अभिभावकले आफ्नो बालबालिकालाई यहाँ पढाउँछन्’ । विद्यालयमा प्रधानाध्यापक मनोज साहको चरम लापरवाही देखिएको छ । शिक्षाको नाममा विद्यालयको बजेटदेखि सक्याउने मात्रै काम हुने गरेको छ । हाजरी रजिष्टरमा १ सय ८७ जना विद्यार्थीहरुको नाम छ तर उनीहरु उपस्थित नभएको कारण उनीहरुको नाममा खाजाको लागि आउने पत्ता कुम्ल्याउँदै आएको स्थानीयहरुको आरोप छ । पालिकाबाट खाजाको भत्ता उठाउनको लागि मात्रै विद्यार्थीहरुको नाम हाजरी रजिष्टरमा राखिएको बताइएको छ । विद्यालयमा शिक्षाको गुणस्तर नरहेको भन्दै अभिभावकहरुले आआफ्नो बालबालिकाहरुलाई अन्य निजी स्कुलमा पढाई रहेका छन् तर वर्षौदेखि त्यही बालबालिकाको नाममा प्रधानाध्यापक साहले खाजा वापतको रकम वर्षेनी कुम्ल्याउँदै आएको स्थानीयहरुको भनाई छ ।

स्थलगत अवलोकन गर्न विद्यालय पुगेको स्थानीय युवाहरु ।

विद्यालयको अवस्थाबारे प्रधानाध्यापकसँग बुझ्दा उनको दादागिरी नै बढि छ । विद्यालयबारे केही बुझ्नुछ भने गाउँपालिकामा गएर बुझ्नुस् भन्दै स्थानीयलाई थर्काउने गरेका छन् । स्थलगत अवलोकनै क्रममा स्थानीय युवा धिरज पटेल सहितका युवाहरु विद्यायमा पुगेपछि देखेको अवस्था र त्यहाँका प्रधानाध्यापक मनोज साहसँग गरेको कुराकानीलाई सामाजिक सञ्जालमा पोष्ट्याएका छन् । उनले लेखेका छन् ‘गजबको छ हाम्रो देश र यहाँको कानुन आज म र मेरो गाउँको केही समाजसेवी साथीहरु हाम्रो गाउँको विद्यालयको शैक्षिक स्थिति बुझ्न हाम्रो गाउँको विद्यालयमा पुगेका थियौं । त्यहाँ हामीले सब शिक्षक ज्यूहरु बाहिर बसी गफ गर्दै बसेको देख्यौ । हामीले उहाँहरूसँग केही नसोधी कक्षाकोठामा गयौ र त्यहाँ हामीले जम्मा ६ जना विद्यार्थीलाई हेर्यौं । विद्यार्थीहरू किन कम छन् भनेर बुझ्न हामीहरू हेड सरको अफिसमा गयौ त्यहाँ हामीले विद्यालयमा विद्यार्थीहरूको कुल संख्या कति छ भनेर हाजिरी रजिस्टर चेक गर्यौ जहाँ हामीले रजिस्टरमा विद्यार्थीको संख्या धेरै रहेको हेर्यौं तर विद्यालयमा पढ्ने विद्यार्थीको संख्या कम भएको देख्यौ । यो विषयमा बुझ्न खोज्दा हेड सरले जे जे जानकारी लिनुछ तपाईहरु गाउँपालिकाको शिक्षा शाखामा गएर बुझ्नु भनेर भन्नु भएको छ । हामीले यो कुरा पहिलानी शिक्षा शाखालाई अवगत गराएका छौं तर पनि गाउँपालिका र शिक्षा शाखा मौन छ ।’

विद्यालयको हाजरी रजिष्टर । यसमा १ सय ८७ जना बालबालिकाहरुको नाम दर्ता छ तर उपस्थित संख्या भने ६ जना मात्रै ।

बालबालिकाहरुको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षामा देखिएको यस समस्याबारे पालिकापनि झारा टार्ने मात्रै काम गर्दै आएको छ । पालिकालाई त्यहाँका स्थानीयहरुले पालिकामा पटक पटक ध्यानाकर्षण गराएका छन् तर कुनै किसिमको पहल हुन सकेको छैन । यसबारे पालिकाका सम्बन्धित शिक्षा शाखाका प्रमुख अलि अमदलसँग बुझ्दा उनले पनि गैरजिम्मेवार जवाफ दिए । उनले भने ‘विद्यालय हामीले गरेर मात्रै सुध्रिदैन्, त्यहाँको स्थानीयको पनि चासो हुनुपर्यो, विद्यालयमा विद्यार्थी नै उपस्थित हुँदैन भने हामी के गर्न सक्छौं ? भर्खरै केही दिन अघि एकजना अभिभावकसँग बालबालिका विद्यालय किन नआएको भनेर सोध्दा खेतमा धान काट्न गएको जवाफ दिए, अब ति बालबालिकाहरुलाई हामीले कसरी विद्यालयमा बोलाउँ, समातेर ल्याउने कुरै भएन’ । बालबालिकाहरुको खाजाको विषयमा भन्दै प्रमुख अहमदले २०८१ भदौदेखि बालबालिकाहरुको खाजा वापतको पैसा विद्यालयमा नपठाइएको बताए ।

स्थानीय युवा धिरज पटेलले विद्यालयको दयनीय अवस्थाबारे सामाजिक सञ्जालमा पोष्ट गरेको सामग्री ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि