Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आफूले जोखिम उठाएकै कारण शान्ति प्रक्रिया सम्पन्न भएको ‘प्रचण्ड’ को दाबी !

पार्टी टुक्राटुक्रा पारेर भए पनि आफूले देश बचाएको जिकिर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३१, २०८१
आफूले जोखिम उठाएकै कारण शान्ति प्रक्रिया सम्पन्न भएको ‘प्रचण्ड’ को दाबी !

काठमाडौँ, ३१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी टुक्राटुक्रा पारेर भए पनि आफूले देश बचाएको जिकिर गरेका छन् । १० वर्षे सशस्त्र संघर्ष गरेर हतियार र तत्कालीन जनमुक्ति सेना समायोजन गर्दा आफूले ठूलो जोखिम उठाएको उनको भनाइ छ । बुधबार संसदमा संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक पारित गर्नुअघि सम्बोधन गर्दै प्रचण्डले आफूले जोखिम उठाएकै कारण शान्ति प्रक्रिया सम्पन्न भएको बताएका हुन् । त्यतिबेला सबैभन्दा पेचिलो विषयका रूपमा हतियार व्यवस्थापन र सेना समायोजन रहेको उनले बताए । त्यसका लागि आफू तयार भएपछि पार्टी नै टुक्रिएर गएको तर शान्ति प्रक्रियामार्फत देश जोगिएको भन्दै प्रचण्डले यसमा गर्व लागेको बताए ।

अध्यक्ष प्रचण्डले टीआरसी विधेयकमा पारित भएसँगै अब शान्ति प्रक्रियाले पूर्णता पाउन लागेको र यससँगै राजनीतिक क्रान्तिको एउटा अध्याय समेत पूरा भएको बताए । उनले विधेयक पारित भएपछि परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान् यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो प्राप्त गर्ने पनि बताए । शान्ति प्रक्रियाको आरम्भकर्ता पनि माओवादी नै भएको भन्दै उनले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको दाबी समेत गरे ।

दाहालले माओवादी जनयुद्धलाई कतिपय नेताहरुले हिंसात्मक द्वन्द्व भन्ने गरेकोमा आपत्ति समेत जनाएका छन् । उनले जनयुद्ध शब्दलाई संविधान सभाले समेत स्वीकार गरेको भन्दै यसबाट पछाडि नफर्किन आग्रह गरे । संविधान संशोधनको नाममा सिमित वर्ग, सिमित क्षेत्र, भुगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न लागिएको आशंका समेत उनले व्यक्त गरेका छन् । त्यस्तै बहुदलिय प्रतिष्पर्धाको ठाउँमा ठूला दुई दलिय बनाउने कोसिस एमाले–काँग्रेस नेतृत्वको सरकारबाट हुनसक्ने आशंका पनि उनले गरेका छन् ।

लामो समय अन्योलमा रहेको शान्ति प्रक्रिया नेपालले आफ्नै मौलिक ढंगले टुंगोमा पु¥याउन लागेको छ । यसैको अन्तिम कडी हो– बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ । राजनैतिक दलहरुको सहमतिसँगै बुधबार विधेयक संसदबाट पारित गरिएको छ । तर शान्ति प्रक्रियाको जस लिन दल तथा नेताहरुबीच एकप्रकारको होड चलेको देखिन्छ ।

एमाले–काँग्रेस गठबन्धन सरकारको नेतृत्वमा केपी शर्मा ओली आएपछि उनले यसको जस लिन खोज्दै पारित गराउन नरम देखिएका छन् । जनयुद्ध शब्द नै नस्वीकार्ने र उक्त युद्धलाई माओवादी हिंसाको नाम दिँदै छेडछाड गर्दै आएका ओलीले बुधबार संसदमा नेपालको शान्ति प्रक्रिया विश्वकै उदाहरणीय रहेको बताए । नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने भन्दै उनले यो प्रक्रिया मौलिक रहेको दाबी गरे । यस विषयमा सबै राजनीतिक दलहरुको सहमतिमा कानून बनाउने काममा प्राप्त गरेको सफलता द्वन्द्व व्यवस्थापन, शान्ति स्थापना र त्यसलाई दिगो ढंगले कायम राख्न दुनियाँलाई उपयोगी हुने उनको भनाइ छ ।

जनयुद्धका नायक समेत रहेका प्रचण्डले माओवादीकै कारण शान्ति प्रत्रिया सम्भव भएको बताए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने शान्ति प्रक्रियाको श्रेय पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएका छन् । बुधवार संसदमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुग्न लाग्दा दलहरुले पूर्वराजालाई बिर्सिएको र जस दिन कन्जुस्याइँ गरेको अरोेप लगाए । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने भूमिका खेलेबापत तत्कालीन राजा ज्ञानेन्द्रलाई दलहरुले ‘नोबेल शान्ति पुरस्कार’का लागि सिफारिस गर्नुपर्ने लिङदेनको भनाइ छ । उनले द्वन्द्व कसका कारण र कसका लागि भयो भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्ने कुरा मान्य नहुने समेत बताए । साथै शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने, आफूले मौका पाउने बित्तिकै अरुलाई बिर्सिन नहुने पनि उनले बताए ।

२०६३ सालमा तत्कालीन विद्रोही पक्ष माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको थियो । माओवादीकै मागबमोजिम संविधान सभा चुनाव भएर त्यसमार्फत नेपालको नयाँ संविधान २०७२ सालमा जारी भयो । मुलुकमा संघीयता र गणतन्त्र स्थापित भएको छ । तर यी १८ वर्षमा पनि द्वन्द्वकालका पीडित र बेपत्ताका परिवारले न्याय पाउन भने सकेनन् । कानुन नबन्दा नै उनीहरुले न्याय पाउन ढिला हुँदै आयो । अब भने कानुनमा सहमति जुटेको छ र यसको कार्यान्वयन पक्षमा राजनीतिक दलहरु इमानदार हुनु जरुरी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि