Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल मेडिकल कलेजका एम.डी.को चतुर बुद्धि, गोरखधन्दालाई लुकाउन प्रहरी प्रशासनको चाप्लुसी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०८१
नेशनल मेडिकल कलेजका एम.डी.को चतुर बुद्धि, गोरखधन्दालाई लुकाउन प्रहरी प्रशासनको चाप्लुसी

वीरगंज (पर्सा), २१ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेजले उपचारको नाममा सर्वसाधारणसँग गर्ने गरेको खेलवाड विरुद्ध प्रहरी प्रशासन एक्सनमा आएपछि अहिले कलेले प्रहरी प्रशासनलाई फकाउन तर्फ अग्रसर भएको छ । कलेजका प्रबन्ध निर्देशक (एम.डी.) एमडी शहनवाज हुसेनले विभिन्न कार्यक्रम गरेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखलाई सम्मान गर्ने, प्रहरी कर्मचारीहरुसँग नजिकिने तथा प्रहरीका हाकिमहरुको चाप्लुसी गर्ने कामतर्फ केन्द्रित भएको देखिएको छ ।

नेशनल मेडिकल कलेजको ल्याबबाट गुणस्तरहीन केमिकल बरामद भएसँगै स्वामित्वको बारेमा दाजुभाई (डा. जैनुद्दिन अन्सारी एवं बसरुद्दीन अन्सारी) बीच विवाद चर्किएपछि कलेजले आफ्नो रणनीति परिवर्तन गरेको थियो । कलेजमा विवाद उत्पन्न हुँदा सहयोग पुग्ने हेतुले कलेजले प्रहरी प्रशासनसँग नजिकिन थालेको बताइएको छ । कलेज अध्यक्ष डा. जैनुद्दिन अन्सारीका छोरा एवं एम.डी. शहनवाज हुसेन म्याद नाघेको केमिकलसहित पक्राउ परेपछि अझ बढी प्रहरी प्रशासनसँग सम्बन्ध बढाउन थालिएको कलेजका कर्मचारीहरु बताउँछन् ।

उनका त्यसका पछिल्लो २ घटनाक्रमले त्यसको पुष्टि गर्छ । त्यो घटना हो, यसअघि सशस्त्र प्रहरी बल पर्सासँग कलेजले गरेको एक सहमति । साउन ८ गते कलेजका एम.डी. शहनवाजले बारा र पर्साका सशस्त्र प्रहरी प्रमुखसँग एक सम्झौता गरे । जुन सम्झौतामा उनले अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सशस्त्र प्रहरी र परिवारलाई भारी मात्रामा छुट दिने सम्झौता गरे । यो समझदारी पत्रमा सशस्त्र प्रहरी प्रमुख र कलेजले संयूक्त रुपमा हस्ताक्षर गर्‍यो । त्यसपछि अर्को घटना हो, सोमबार अर्थात् (आज) को । नेशनल मेडिकल कलेजले नेपाल प्रहरीसँग सम्बन्ध बनाउनको लागि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा नेशनल मेडिकल कलेजले बाल सुधार केन्द्रमा स्वास्थ्य परीक्षणको आयोजना गरेको छ, जहाँ १३५ जनाको चेकजाँच गरिएको थियो । यहाँ अनौठो लाग्दो विषय के हो भने अन्य कार्यक्रममा सहभागिता नजाउने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल प्रमुख अतिथि थिए भने नेपाल प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलको पनि उपस्थिति थियो ।

यि उदाहरणले कलेजले एकाएक प्रहरी प्रशासनसँगको नजिकि बढाई रहेको बुझिन्छ । प्रहरीसँग नजिकिएर गोरख धन्दा गर्ने नेशनल मेडिकल कलेजको योजना रहेको आशँका गर्न थालिएको छ । सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्ने कसैको अधिकार छैन ? तर नेशनल मेडिकल कलेज विगत लामो समयदेखि एम.बि.बि.एस. पढ्ने विद्यार्थीहरुलाई प्रयोगात्मकको रुपमा विरामीहरुलाई प्रयोग गर्ने गरेको कारण विभिन्न घटनाहरु हुने गरेको र पटक पटक विवादमा पर्दै आएको छ । राजनीतिक पहुँच र पैसाको आडमा पटक पटक उम्किँदै आएको मेडिकल कलेजका एम.डी.लाई अहिलेका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले हत्कडी लगाएपछि उनीसँग नजिकिन एम.डी.ले चाप्लुसी गर्न तल्लिन भएका छन् ।

प्रहरी उपरीक्षक ढुँगेल पर्सामा हाजिर हुने वित्तिकै एम.डी.लाई हत्कडी लगाएपछि गोरखधन्दा केही दिनको लागि बन्द भएको थियो तर प्रहरी प्रशासनसँग नजिकिएपछि नेशनल मेडिकल कलेजमा पुनः त्यही गोरखधन्दाले प्रयस पाउने हो कि ? भन्ने प्रश्न उब्जिएको छ । म्याद गुज्रिएको औषधी ल्याबाबट बरामद भएपछि प्रहरी उपरीक्षक ढुँगेलले एम.डी. हुसेनलाई हत्कडी लगाएर मेडिकल कलेजबाट लगेपछि व्यापक बद्नामी भएको थियो । तर पैसा र पावरको पहुँचमा विभिन्न अस्वस्थ्यताको नौटंकी गरि अस्पतालमै रमाए । त्यस पश्चात प्रहरी उपरीक्षक ढुँगेलको मेडिकल कलेजमा डर त्रास बढेपछि उनीसँग नजिकिनको लागि एम.डी.ले चतुर बुद्धि प्रयोग गरि विभिन्न कार्यक्रम गर्न थालेका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि