Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरीले पक्राउ गर्ने सूचनापछि कम्बल वाला बाबा फरार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ४, २०८०
प्रहरीले पक्राउ गर्ने सूचनापछि कम्बल वाला बाबा फरार

वीरगंज (पर्सा), ४ चैत । प्यारालाइसीस् लगायतका राेग निकाे पारिदिने भन्दै वीरगंजमा निशुल्क धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बलवाला बाबा आइतबार अचानक शिविर छाडेर गायब भएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ पिपरास्थित चिनी मिलकाे जग्गामा काली कम्बलवाला बाबाले फाल्गुन ३० गतेदेखि ११ दिनका लागि शिविर लगाएका थिए । शिविरमा उनले पक्षघात भएका, हातगाेडा नचल्ने, ढाड कम्मर दुख्ने, क्यान्सर, सुगर, रक्तचाप, पत्थरीलगायतका दीर्घ बिरामीलाई आफ्नाे कालाे कम्बलले टकटकाएर निकाे पारिदिने दाबी गर्दै आएका थिए । ती बाबाकाे अन्धविश्वासमा परेर शिविरमा उनिबाट उपचार गराउनका लागि मधेसका जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत दिनहुँ हजाराैंकाे संख्यामा आउने बिरामीहरुकाे घुंइचाे लाग्ने गरेकाे थियाे ।

तर आइतबार दिउँसो १२ बजेतिर ती बाबा अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरुले प्रदर्शन गरेकाे र त्यसक्रममा प्रहरीले बल प्रयाेग गर्दा स्थिति तनावग्रस्त बनेकाे थियाे ।

प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी प्रशासनले काली कम्बल वाला बाबालाई पक्राउ गरेर लगेकाे भन्दै सडकमै बसेर धर्ना दिएका थिए ।धर्नामा कारण अवरुद्ध सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडपपनि भएकाे थियाे । प्रहरीको लाठीचार्जबाट केहि प्रदर्शनकारी घाइतेपनि भएका छन् ।

तर प्रहरीले भने ती बाबा आँफै गायब भएकाे बताएको छ । पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले विभिन्न रोगको निशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि उनि आँफै फरार भएकाे बताए । धर्मको आडमा बिरामीलाई निको बनाउने बहानामा ठगी गर्दै गरेको खबरपश्चात प्रहरीले पक्राउ गर्ने पूर्व सूचना पाएपछि ती बाबा फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि