Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंजको ‘मलमा छलै छल’, भिजेको युरिया रि-प्याकिङ्ग गरि विक्री

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १६, २०८०
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंजको ‘मलमा छलै छल’, भिजेको युरिया रि-प्याकिङ्ग गरि विक्री

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १६ फागुन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, वीरगंजले भिजेको युरिया मलको बोरा रि-प्याकिङ्ग गरि विक्री गरेको घटना बाहिरिएको छ । गत भदौको तेश्रो हप्तामा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंज कार्यालयले आयात गरेको २० हजार मेट्रिकटन मध्ये भिजेको युरिया मललाई रि-प्याकिङ्ग गरेर विक्री गरिएको पाइएको हो ।

नेशनल ट्रेडिङ्ग स्थित साल्ट ट्रेडिङ्गको गोदाममा अनलोड गर्न पुगेको ना. ३ ख ४०३३ नम्बरको टिपरमा लोड रहेको युरिया मलको बोराबाट तपतपी पानी चुहि रहेकै अवस्थामा फेला परेको थियो । त्यस बखत समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि गोदामका पालदारले दुव्र्यवहार गर्दै मोबाइल समेत खोसेको घटना बाहिरिएको थियो । त्यस बखत कार्यालय प्रमुख अमोज लामिछानेसँग बुझ्दा भिजेको मलको भुक्तानी नगरिने बताएका थिए ।

नेपाल सरकारले मल आयात गर्ने ठेकेदार कम्पनीसँग गरेको सम्झौता अनुसार सुरक्षित तरिकाले गोदाममा मल आए पश्चात चेकजाँच गरेर मात्रै भुक्तानी गर्ने गरिएको र गुणस्तरमा कमी पाए भुक्तानी नहुने बताएपनि हाल त्यही भिजेको गुणस्तरहीन मल साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नै विक्री गरेको छ । त्यस बखत भिजेको मललाई आफूहरुले ठेकेदार कम्पनीलाई फिर्ता गरिदिने बताएका थिए तर हाल त्यही मल आयातकर्ता ठेकेदार कम्पनीसँगको मिलोमतोमा साल्ट ट्रेडिङ्गले बोरा रि-प्याकिङ्ग गरि विक्री गरेको बताइएको छ ।

यसबारे साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, वीरगंजका प्रादेशिक प्रमुख अमोज लामिछानेले भिजेको युरिया मल आधा मूल्यमा विक्री गरेको स्वीकारेका छन् । उनले भिजेर आएको युरिया मल किसानलाई नभई अन्य रुखविरुवा, पोखरी लगायतमा प्रयोग गर्नको लागि विक्री गरिएको बताए । उनले नेपाल सरकारले कृषकलाई वितरण गरिने मलमा मात्रै अनुदान दिने भएको कारण भिजेको मलको सरकारले अनुदान पनि नदिने र यस नियमानुसार नै आधा मूल्यमा विक्री गरिएको बताए ।

उनले भने ‘युरिया मल अलिअलि भिजेपनि खासै केही फरक पर्दैन, तर डिएपी भिज्यो भने ढिक्का हुन्छ, त्यो काम लाग्दैन’ भदौमा आयात गरिएको युरिया मलमध्ये केही भिजेको अवस्थामा आएको थियो, त्यसर्लाइ यस कर्पोरेशन लिमिटेडको नियमानुसार आधा मूल्यमा विक्री गरिएको उनको भनाई छ ।

भदौ तेश्रो हप्ता साल्ट ट्रेडिङ्गले आयात गरेको मलमध्ये भिजेको युरिया मल गोदाममा अनलोड गर्दै गरेको अवस्था ।

मल वितरणमा कार्यालय प्रमुखको मनोमानी
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा आउने मल वितरणमा कार्यालय प्रमुख अमोज लामिछानेले मनोमानी गर्ने गरेको बताइएको छ । युरिया, डिएपी भन्दा पनि पोटासमा कोटा सिस्टम नभएको कारण कार्यालय प्रमुख लामिछानेले आफ्नो मनोमानी तरिकाले पोटास वितरण गर्ने गरेको बताइएको हो । वीरगंज स्थित कार्यालयबाट बारा, पर्सा, रौतहट लगायत १६ वटा जिल्लाको लागि मल पठाउने गरिन्छ ।

बारा, पर्सा र रौतहटका कृषि सहकारीहरुले यहीबाट मल उठाउने गरेका छन् । त्यसै क्रममा पोटास मलमा कोटा सिस्टम नभएको कारण कार्यालय प्रमुखले आफ्नो मनोपोली तरिकालबाट मल दिने गरेको सेवाग्राहीहरुको आरोप छ । यही माघ २१ गते जय दुर्गा कृषि सहकारी र आकृत्ति कृषि सहकारीलाई बिना कोटा १२० बोरा पोटास कार्यालय प्रमुखले दिएका थिए । कसैलाई १ बोरा पनि नदिने र कसैलाई डेढ देखि दुईसय बोरासम्म मल दिने गरेको कारण कार्यालय प्रमुख लामिछानेले आफ्नो मनोपोली तरिकाले मल वितरण गर्ने गरेको उनीहरुको भनाई छ ।

उनले आफ्नो मनपरी तरिकाबाट नै पोटास मल अन्य जिल्लाहरुमा पनि पठाउने गरेको कारण माघ ४ गते बारा प्रहरीले ७८ लाख मूल्य बराबरको १३ वटा ट्रकमा लोड गरिएको अवस्थामा ५ हजार ४६० बोरा पोटास मल बरामद गरेको थियो । वीरगंजदेखि राजबिराज, बिराटनगर, बिर्तामोड तर्फ गइरहेको विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाले ना. ५ ख २९७८, ना. ८ ख ८५२२, ना. ८ ख १८४५, ना. ६ ख ७३११, ना. ५ ख ५४०७ नम्बरको ट्रकहरुबाट २१ सय बोरा र इलाका प्रहरी कार्यालय निजगढले ना. ५ ख ३३३, ना. ७ ख १८६३, ना. ५ ख ७७८६, ना. ६ ख ३८३४, ना. ७ ख ९८४४, ना. ६ ख ३३४०, ना. ८ ख २४९७, ना. ७ ख ९८५२ नम्बरको ट्रकहरुबाट ३ हजार ३६० गरि ५ हजार ४६० बोरा पोटास बरामद गरेको थियो ।

यि ट्रकहरुमा लोड गरि लैजान लागिएको मल साल्ट ट्रेडिङ्ग कर्पोरेशनकै मल थियो र प्रहरीले ति मलमा कर सम्बन्धी विवरण शंकास्पद देखिएको अवस्थामा बरामद गरेको थियो । यि घटनाले पनि साल्ट ट्रेडिङ्गले मल विक्रीमा छलैछल गर्ने गरेको पुष्टि हुन्छ ।

कृषि सहकारीले किनेको मल ट्याक्टरमा लोड गरिँदै । तस्विर : फाइल

गोदाम भाडामा पनि जालझेल
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंज कार्यालयले मल भण्डारण गर्नको लागि भाडामा लिने गरेको गोदाममा जालझेल गर्ने गरेको पाइएको छ । कम मूल्यमा गोदाम भाडामा लिई बढि मूल्य भुक्तानी गराई बीचको कमिशन कार्यालय प्रमुखदेखि कर्मचारीहरुले झ्वाम बनाउने गरेको बताइएको छ । चाहेको बेला मात्रै भाडामा लिने र नचाहेको बेला भाडा नतिर्ने बताउने साल्ट टे्रडिङ्गले यसै बीचमा जालझेल गरि भाडा वापतको रकमबाट घोटाला गर्ने गरेको श्रोतको भनाई छ ।

यसबारे साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंजका प्रादेशिक प्रमुख अमोज लामिछानेले गोदाम भाडामा लिने र भुक्तानी गर्ने केन्द्रिय कार्यालयको स्वामित्वमा रहेको बताए । उनले यस कार्यालयको समन्वयमा मल भण्डारण गर्न आवश्यक परेको बेला पावरहाउस चोक, गण्डक चोक एवं नेशनल ट्रेडिङ्ग स्थितको गोदाम प्रयोग गर्ने गरेको र प्रयोग गरेकै सीमित समयको मात्रै भाडा भुक्तानी गर्ने गरिएको बताए । उनले भने ‘साल्ट ट्रेडिङ्गमा सरकारले ३० प्रतिशत मात्रै मल दिन्छ, वर्षको दुईपटक साउन र वैशाखमा मल आउँछ, त्यसैले वर्षैभरि गोदाम भाडामा लिनु पर्दैन, आवश्यक परेको बेला भाडामा लिएर मल वितरण गरिन्छ’ ।

नेशनल ट्रेडिङ्ग स्थित मल भण्डारण गर्ने गोदाम । तस्विर : फाइल

विगत १८ वर्षदेखि कार्यायल प्रमुख लामिछानेको रजाई
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंजका प्रादेशिक प्रमुख अमोज लामिछाने विगत १८ वर्षदेखि एउटै कार्यालयमा रजाई गर्दै आएका छन् । पहुँच, पावर एवं पैसाको आडमा मन्त्रालय एवं साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेको केन्द्रिय कार्यालयबाट मिलोमतो गरि एकै ठाउँमा विगत १८ वर्षदेखि रजाई गर्दै आएका हुन् । उनी आएदेखि यहाँ कति कर्मचारी आए, गए तर उनी जहाँको त्यही छन् । उनलाई यहाँबाट सरुवा गर्ने मन्त्रालय एवं केन्द्रिय कार्यालयको समेत अधिकार नभएको जस्तो व्यवहार गर्ने गरेका छन् ।

उनी आएदेखि नै कृषकहरुको लागि आयातित मलमा लोड, अनलोड, ढुवानी, गोदाम भाडा लगायतका विषयमा हिनामिना गरि भ्रष्टाचार गर्ने उनीसँग राम्रो अनुभव छ । उनलाई मन्त्रालय एवं केन्द्रिय कार्यालयले वीरगंजबाट सरुवा गर्न नसकेको हो ? वा उनी राजनीतिक दलको पुच्छर समातेर यही वीरगंजमै १८ वर्षदेखि रजाई गर्दै आएका छन् यो खोजविनको विषय हो ? ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि