महोत्तरी, १६ जेठ । महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट ३५ लाख रुपैयाँ लुटिएको छ । मंगलबार दिउँसो साढे १२ बजेको करिबमा महोत्तरी गाउँपालिका- २ स्थित बैंकको शाखामा प्रवेश गर्दै हतियारधारी समूहले लुटपाट गरेका हुन् ।
बन्दुक देखाएर बैंकमा प्रवेश गरेको समूहले ३५ लाख रुपैयाँ लुटेर लागेको बैंकले प्रारम्भिक जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलिपकुमार गिरीका अनुसार चार जना अज्ञात समूहले बैंकमा प्रवेश गरेर बन्दुक देखाउँदै लुटपाट गरेका हुन् । उनीहरुले लुटपाट गरिरहेको बैंकको सीसीटिभी फूटेज पनि सार्वजनिक भएको छ ।
लुटेराहरुले मुखमा मास्कले छोपेको कारण उनीहरुको पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीको भनाई छ । ‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन् । अनुसन्धान गर्न हामी घटनास्थलमै छौं,’ उनले भने । प्रहरीले उनीहरुको खोजीलाई तीव्र बनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !