Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मानव बेचबिखनका लागि भारत लैजान लागेकी नेपाली किशोरीको उद्दार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०८०
मानव बेचबिखनका लागि भारत लैजान लागेकी नेपाली किशोरीको उद्दार

वीरगंज (पर्सा), १२ जेठ । मानव तस्करी रोधी इकाई क्षेत्र मुख्यालय रक्सौलका प्रहरीले एकजना नेपाली नाबालिक किशोरीलाई उद्दार गरेको छ । मुख्यालयका प्रहरी निरीक्षक मनोज कुमार शर्माको नेतृत्वमा खटिएको प्रहरी टिमले भारतीय सिमावर्ती सहर रक्सौलबाट अन्दाजी १५ वर्षीय नेपाली नाबालिक किशोरीलाई उद्दार गरेको हो ।

मोहम्मद अलि नामक व्यक्तिले जागिर एवं विवाहको प्रलोभन देखाई भारतको उत्तर प्रदेश लैजान लागेको अवस्थामा प्रहरी निरीक्षक शर्माको टोलीले सोधपुछ गर्दा किशोरीलाई बेचबिखनको लागि लैजान लागेको पाएपछि उद्दार गरेको थियो । एकजना केटाले केटीलाई आफूसँगै नेपालबाट भारत तर्फ लैजान लागेको पाएपछि शंका लागेर सोधपुछ गर्दा नाबालिकालाई बेचबिखनको लागि लैजान लागिएको पाइएको मानव तस्करी रोधी इकाई क्षेत्र मुख्यालय रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार शंकास्पद किशोरीसँग सोधपुछ गर्नको लागि एनजिओ प्रयास जुबेनाइल एड सेन्टर रक्सौलकी आरती कुमारीको सहयोगमा बालिकाको उद्दार गरिएको थियो । सोधपुछकै क्रममा उत्तर प्रदेशका ति युवकले अनलाइन लुडो गेम मार्फत सम्पर्क भई ह्वाट्सएपमा कुराकानी गर्दागर्दै तीन महिनामै आफूसँग भारतको उत्तर प्रदेश जान किशोरीलाई फकाएको पाइएको प्रहरी निरीक्षक शर्माको भनाई छ । ह्वाट्सएपमा कुराकानीको क्रममा युवकले नाबालिक किशोरीलाई आफ्नो नाम पहिला राहुल बताई कुराकानी गर्दै पछि मोहम्मद अलि बताएका थिए । त्यस पश्चात भारतको जयपुरमा जागिर लगाई दिने तथा विवाह गर्ने प्रलोभन देखाई भारत लैजान फकाएका थिए । किशोरीलाई भारत लैजान नेपाल भारत सिमावर्ती सहर रक्सौलसम्म आउन भनेका थिए ।

रक्सौल आएकी ति किशोरीलाई लिएर टेम्पोमा चढी जान लागेको अवस्थामा शंका लागेर प्रहरीले रोकी सोधपुछ गर्दा पहिलो पटक भेट भएको र मोबाइल मार्फत कुराकानी हुँदै आएको बताएपछि शंका लागेर प्रहरीले किशोरीलाई उद्दार गरि युवकलाई पक्राउ गरेको थियो । किशोरीलाई फकाउनका लागि युवकले आफ्नो भाउजुसँग पनि कुराकानी गराएका थिए । कुराकानीकै क्रममा युवकका भाउजुले केटा राम्रो रहेको र तिमीसँग विवाह गरेर खुशीयाली जीवन विताउने एवं जागिरको प्रलोभन दिएपछि किशोरी युवकको जालमा फसेकी थिइन् ।

प्रहरीले युवकसँग सोधपुछ गर्दा अहिले तत्कालको लागि सत्याग्रह एक्सप्रेस ट्रेनबाट गोरखपुर लैजाने योजना रहेको बताएका थिए । गोरखपुरमा केही दिन बसेर त्यस पश्चात कहाँ जाने त्यही निणर्य गरिने योजना थियो । आफूले उत्तर प्रदेशमा लगि जागिर लगाउने प्रलोभन देखाएको तर विवाह गर्न नभनेको सोधपुछको क्रममा युवकले स्वीकारेको प्रहरी निरीक्षक शर्माको भनाई छ । त्यस पश्चात किशोरीको अभिभावकसँग प्रहरीले कुरा गर्दा आफ्नो छोरी भारत गईरहेको भन्ने थाहा समेत नरहेको प्रनि शर्माले जानकारी दिए ।

अभभावकसँग कुरा रक्सौल बोलाई किशोरीलाई अभिभावकको जिम्मा लगाइएको र युवकलाई पक्राउ गरि आवश्वक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रनि शर्माले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि