Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आधा किलोमिटरमा आधा दर्जन स्थानमा चेकजाँच, तर पनि लागुऔषध देखि हातहतियार वीरगंजसम्म !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १०, २०७९
आधा किलोमिटरमा आधा दर्जन स्थानमा चेकजाँच, तर पनि लागुऔषध देखि हातहतियार वीरगंजसम्म !

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १० फागुन / नेपाल भारतको मुख्य प्रवेशको रुपमा वीरगन्ज भन्सार क्षेत्रमा आधा किलोमिटरको अन्तरालमा आधा दर्जन स्थानमा चेकजाँच हुन्छ । नेपाल भारत सिमा क्षेत्रमा रहेको मित्तेरी पुलदेखि कट्ने वित्तिकै शुरु हुन्छ चेकजाँच । मित्तेरीपुल स्थित सशस्त्र प्रहरीको चेकिङ्ग प्वान्ट, त्यसपछि शंकराचार्य गेट स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकिङ्ग प्वान्ट, त्यस पश्चात वीरगंज भन्सार गेट स्थित भन्सार कर्मचारीको चेकजाँच, सशस्त्र प्रहरीको चेक प्वान्ट, त्यस पश्चात रजतजयन्ती चोक स्थित नेपाल प्रहरीको चेक प्वान्ट !
यसरी मित्तेरी पुलदेखि रजतजयन्ती चोकसम्म पुग्दा आधा किलोमिटर क्षेत्रको अन्तरालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको कर्मचारीको कडा चेक प्वान्ट रहेको छ । भारतबाट नेपाल आउने जो कोहीले यति कडाईको साथ चेक प्वान्ट कट्नुपर्छ । विभिन्न ६ स्थानमा चेकजाँच हुन्छ तर पनि भारतको रक्सौलदेखि वीरगंज बजारसम्म तस्करीको सामान, लागुऔषध, हुण्डीको रकम, हातहतियार जस्ता सामानहरु वीरगंजसम्म कसरी आइपुग्छ ?
आधा किलोमिटरमा आधा दर्जन भन्दा बढि चेकजाँच तर पनि खुलेआम तस्करी, लागुऔषध, हातहतियार वीरगंजसम्म कसरी आइपुग्छ ? देख्दा र सुन्दा आश्चर्य लाग्न सक्छ । तर यस्तो अजबको चेकजाँच र गजबको तस्करी मुलुककै मुख्य प्रवेशद्वार वीरगन्ज भन्सार नाकामा हुने गरेको छ । भारतको रक्सौलबाट प्रवेश गर्दा, नेपाल–भारत मितेरी पुल कट्ने बितिकै सुरु हन्छ सशस्त्र प्रहरीको चेकजाँच । पहिलो चरणमा सशस्त्र प्रहरीले सडकमा फ्लामको बेरियर नै लगाएर कडाईका साथ चेकजाँच गर्ने गरेको छ ।
त्यसपछि शंकराचार्यद्वार नजिकै इनर्वा प्रहरी चौकीको चेकजाँच, त्यो कटेपछि भन्सार कार्यालयका जाँचकीहरुको चेकजाँच, अनि सँगै रहेको पुनः सशस्त्र प्रहरीको चेकजाँच र केहिँ मिटरमै फेरि रजत जयन्ती चोक नजिकै नेपाल प्रहरीले चेकजाँच गर्ने गरेको छ । वीरगन्ज भन्सार कार्यालय भएर नेपाल प्रवेश गर्ने जो कोही नव आगन्तुहरु यतिको कडा चेकजाँच भएर नेपाल प्रवेश गर्न पाउँछन् । नेपाल भारतको यो सिमानाकामा आपातकालकै अवस्था जस्तै चेकजाँच कटेर मात्रै प्रत्येक भारतीय प्रर्यटकलाई गुज्रिनु पर्दछ ।
यतिमात्र होइन सिमावर्ती जनताले पनि घरायसी समान खरिद गरेर आउँदा सबै चेकजाँचबाट आजित हुने गरेका छन् । सानो तिनो घरायसी सामान किनेर आउने नेपाली नागरिकहरु पनि यतिको कडा चेकजाँचको सामना गर्नुपर्छ । घरायसी सामान किनेर आउने सिमावर्ती नेपाली नागरिकहरुले पनि यो चेकजाँचको नाटकबाट आजित भइसकेका छन् । चेकजाँचको सर्वसाधारणलाई दुःख दिने मात्रै काम गर्ने गरेको तर रातिको समयमा तस्करहरुसँग मोटो रकम असुली तस्करीको लाइन दिने गरेको स्थानीयहरुको भनाई छ ।
तस्करहरुले रातिको सममया इनर्वा गाउँहुँदै खुलेयाम ठेलाका ठेला सामान नेपाल भारत ओहर दोहर गर्ने गरेका छन् । तर देखाउनका लागि मात्रै मुख्य सडकमा कडाई चेकजाँचको नाटक हुने गरेको स्थानीयको आरोप छ । यति कडा चेकजाँच हुदा पनि लागुऔषध, हुण्डी कारोबारीको रकम, हातहितयारसम्म यो नाकाबाट सहजै आउजाउ भइरहेको हुन्छ कसरी ? तस्करी र अपराध नियन्त्रण भन्दा पनि यो भन्सार क्षेत्रमा हुने गरेको चेकजाँच सम्बन्धित सबै निकायको, सबै कारोबारमा जानकारी र भागीदारी मात्रै हुने गरेको स्थानीयको आरोप छ ।
यतिको कडा चेकजाँच भन्सार कार्याल, सशस्त्र र जनपथको उठती पुठतीको लागि मात्र भएको नेकपा समाजवादी पार्टीका वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरीको आरोप छ । आधा किलो मिटरमा आधा दर्जन चेकजाँच, अवस्थाको बाध्यता मात्रै भएको पर्सा प्रहरीको बुझाइ रहेको छ । सिमानाकाको सुरक्षा र चोरी पैठारीको जिम्मेवारी सशस्त्र प्रहरीको र सुरक्षाको जिम्मा नेपाल प्रहरीको मात्रै भएकोले विभिन्न ठाउँमा चेकजाँच हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् नायब प्रहरी उपरिक्षक दिपक गिरी बताउछन् ।
सबै सीमा नाकामासँगै खटिएका नेपाल र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच गर्दै आएपनि करोडौँका समानहरु वीरगन्ज आसपास क्षेत्रको गोदामबाट प्रहरीले छापा मारेर पक्राउ गर्दै आएको छ । यही महिनामा मात्र ६ करोडभन्दा बढिको तस्करीका समानहरु पर्सा प्रहरीले बरामद गरि आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाएको छ । यति मात्र होइन, पर्सा प्रहरीको लागि लागूऔषधको कारोबार नियन्त्रण सधैँको चुनौतिको विषय रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनासम्म ३० वटा लागू पदार्थको मुदा दर्ता गराएको छ । भारतको रक्सौलबाट वीरगन्ज ल्याइएका अधिकांश लागूऔषध वीरगन्ज भन्सार र आइसिपि कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ । केहि समयदेखि नेपाल भारतबीच बढेको अबैध कारोबारले गर्दा हुण्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ । जिल्ला प्रहरी प्रमुखमा कोमल शाह आएदेखि अवैध रकम सहित मान्छेहरु पक्राउ पर्ने क्रमपनि बढको छ । केहि दिन अगाडि मात्रै वीरगन्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैयाँ सहित पक्राउ गरेको हो । साहलाई वीरगन्ज १६ रजत जयन्ति चोकस्थित सडकबाट बिहीबार बिहान पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले नै पत्रकार सम्मेलनमा जानकारी दिए । तर पक्राउ परेका उक्त व्यक्ति भन्सार नाकामा हुने गरेको सबै चेकजाँच सहजै कसरी पार गरे ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन ।
नेपाल प्रहरी सुरक्षाको लागि मात्रै भन्सारमा चेकजाँचमा खट्ने गरेको पर्सा प्रहरीको भनाई छ तर स्थानीयको भनाई अनुसार नेपाल प्रहरी साना तिना तस्करहरुसँग पैसा असुल्नको लागि मात्रै ड्युटीमा खट्ने गरेको बताउँछन् । यस घटनाहरुलाई बढावा दिनुमा नेपाल प्रहरी मात्रै दोषी छैनन्, सशस्त्र प्रहरीको पनि उत्तिकै दोषी छ । नेपाल प्रहरी भन्दा पनि सशस्त्र प्रहरीको चेकजाँच धेरै कडाई छ । तर त्यो सर्वसाधारणहरुको लागि मात्रै ! तस्कर, अपराधिक समूहका व्यक्तिहरुलाई लागि भने त्यो चेकजाँच सामान्य हो ।
तस्करीको लाइन खुलाउनको लागि तस्करसँग नेपाल प्रहरीको साथै सशस्त्र प्रहरीको सेटिङ्ग हुने गरेको छ । रातिको समयमा ठेलाका ठेला सामानहरु नेपाल प्रवेश गर्ने गरेको छ । सेटिङ्गमा सामान आउँदा, त्यसभित्र के छ ? त्यो चेकजाँच हुँदैन । त्यो पनि रातिको समयमा चेकजाँच गर्नुपर्ने कुरै भएन । प्रहरीलाई चिन्ता हुन्छ कि सेटिङ्गका सामान चाँडो भन्दा चाँडो नेपाल प्रवेश गराउने, त्यसैले सहजै तरिकाले जुनसुकै सामान पनि खुलेयाम नेपाल प्रवेश गर्छ ।
गत हप्ता फागुन १ गते मात्रै पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जनालाई हतियार सहित पक्राउ गरेको थियो । पेस्तोल देखाई अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका १ जना भारतीय सहित ८ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो । यो घटना उदाहारणका पात्र मात्रै हुन् । नेपाल भारत खुल्ला सिमाना भएको कारण अपहरणका गतिविधिहरु गरि सहजै तरिकाले भारत प्रवेश गर्ने र भारतमा अपराधी घटना घटाई सहजै तरिकाले नेपाल प्रवेश गर्ने जस्ता कारणहरुले गर्दा पनि पर्सा प्रहरीलाई यो विषय सधैं चुनौति बन्दै आएको छ ।
यति मात्र होइन, श्रावण महिनामा बाराको एक युवकको हत्या नै गरेर बोरामा कसेर फिल्मी स्टाइलमा मोटरसाइकलमा राखेर वीरगंज भन्सारको मुख्य नाका हुँदै रक्सौल स्थित रेलसम्म पु-याएका थिए । त्यो पनि दिन दहाडै तर पनि आधा दर्जन स्थानमा खटेका सुरक्षाकर्मीहरुले सुइको समेत पाउन सकेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि