Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्वाचनलाई मध्यनजर गर्दै पर्सामा सुरक्षाकर्मी सहित तालिम प्राप्त कुकुर परिचालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २८, २०७९
निर्वाचनलाई मध्यनजर गर्दै पर्सामा सुरक्षाकर्मी सहित तालिम प्राप्त कुकुर परिचालन

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २८ कात्तिक / पर्सामा निर्वाचनको माहोल तातिएसंगै सुरक्षा व्यवस्था कडा पारिएको छ । आसन्न निर्वाचन नजिकीदै गर्दा सिमानाका खटेका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेहरुलाई कडाईका साथ चेकजांच गरिरहेको छ । जिल्ला प्रहरी कार्यलय पर्साको सिमाक्षेत्रमा तालिम प्राप्त कुकुरको प्रयोग गरि सिमानाकामा निगरानी बढाएको छ ।
आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकीदै गर्दा पर्सा जिल्ला नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने अपाराधिक गतिविधिहरुलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो । मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगंजको सिमाक्षेत्रमा दैनिक हजारौँँको संख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने भन्दै वीरगंज–रक्सौल सिमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् ।
अति व्यस्त नाका भएर मोटसाईकल, गाडी ट्रक लगायतका गरी दैनिक ३ हजार देखि ४ हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छन । ५ देखि ६ हजारको संख्यामा मानिसहरु दैनिक ओहोर दोहोर गर्ने गरेको छ । नेपाल–भारत सिमानाका खुल्ला भएको हुँदा खास गरि सिमाक्षेत्रमा अपाराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुल्ला सिमाको फाईदा उठाउदै अपाराधीहरुलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यलय पर्साले वीरगंज–रक्सौल सिमानाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्साका अनुसार पर्साका सम्पूर्ण सानाठूला नाकाहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनको बेला मतदाताहरुलाई डराउने र निर्वाचन विथोल्ने गिरोहहरु सक्रिय हुनसक्ने भन्दै सिमाक्षेत्रमा सुरक्षाकर्मीहरुसहित तालिम प्राप्त कुकुर परिचालन गरिएको वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् । आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्षी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतिय समकक्षीहरुसंग समन्वय गरेर सिमाक्षेत्रको दुवैतर्फ आकस्मिक चेकजांच, गस्तीको साथै जिल्ला भरि तालिम प्राप्त कुकर परिचालन भईरहेको बताए ।
उनले पर्सा जिल्लामा भरिका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु खट्ने कार्य सुरु भईसकेको हुँदा मंसिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । पर्सा जिल्लामा आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अवधीभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि कुल ४५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

अशोज २९, २०८३
पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

अशोज २९, २०८३
मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि