Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महोत्तरीमा राति १० बजेपछि सांस्कृतिक कार्यक्रममा रोक, पटका र आतिसबाजीमा प्रतिबन्ध

सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्नेछ । साथै, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने तथा कार्यक्रमको सुरक्षाको पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्ने व्यवस्था गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २६, २०८३
महोत्तरीमा राति १० बजेपछि सांस्कृतिक कार्यक्रममा रोक, पटका र आतिसबाजीमा प्रतिबन्ध

जलेश्वर (महोत्तरी), २६ असोज । बडादसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै चाडपर्वका बेला मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम तथा जात्रा सञ्चालन गर्दा स्वीकृत एकीकृत सुरक्षा योजनाको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्नेछ । साथै, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने तथा कार्यक्रमको सुरक्षाको पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्ने व्यवस्था गरिएको छ । प्रशासनले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम राति १० बजेपछि सञ्चालन गर्न रोक लगाएको छ । उच्च आवाजमा डिजे तथा बाजागाजा बजाएर ध्वनि प्रदूषण गर्ने र अश्लील गतिविधि प्रदर्शन गर्ने कार्यसमेत निषेध गरिएको छ ।

त्यस्तै, पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ । चाडपर्वका बेला जुवातास, सट्टेबाजी तथा अवैध मदिराको कारोबार नगर्न पनि प्रशासनले आग्रह गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न र सडक आवागमनमा अवरोध नपुर्‍याउन सर्वसाधारणलाई सचेत गराइएको छ ।

छठ पर्वका अवसरमा नदी, पोखरी तथा अन्य जलाशयमा पूजा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । बालबालिका र ज्येष्ठ नागरिकको उचित रेखदेख गर्न तथा मूर्ति विसर्जनको मार्ग स्थानीय प्रशासनसँगको समन्वयमा निर्धारण गर्नसमेत भनिएको छ । यसैगरी, अनलाइन वित्तीय ठगीबाट जोगिन ओटीपी र पासवर्ड गोप्य राख्न तथा सामाजिक सञ्जालमा भ्रामक सूचना र धार्मिक एवं साम्प्रदायिक सद्भाव बिगार्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न प्रशासनले आग्रह गरेको छ ।

चाडपर्व मनाउन घर वा पसल बन्द गरेर बाहिर जाँदा सुरक्षित ताल्चा लगाउन, देउँसीभैलो मर्यादित रूपमा सञ्चालन गर्न र मेला तथा उत्सवस्थलमा सरसफाइ कायम राख्न पनि सूचनामार्फत अनुरोध गरिएको छ । प्रशासनले चाडपर्वका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, अवाञ्छित गतिविधि तथा सामाजिक सद्भावमा पर्न सक्ने असर न्यूनीकरण गर्न जारी गरिएका निर्देशन पालना गर्न जिल्लावासीलाई आग्रह गरेको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि