वीरगंज (पर्सा), २१ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पूर्व घोषणा अनुसार सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण कार्य बुधवार देखि घरदैलोमा सुरु भएको छ । सामाजिक सेवालाई सहज, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन वीरगंज महानगरपालिका वडा नं. ५ ले घरदैलोमै पुगेर नवीकरण सेवा प्रदान गर्ने अभियान सञ्चालन गरेको हो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको नवीकरण बायोमेट्रि भेरिफिकेशन प्रणालीमार्फत अनिवार्य रूपमा गर्नुपर्ने भए पछि वडा कार्यालयसम्म आउन नसक्ने वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका तथा अस्वस्थ नागरिकलाई लक्षित गरी घरदैलो सेवा सञ्चालन गरिएको वीरगंज – ५ का वडाअध्यक्ष प्रदीपकुमार चौरसीयाले बताए ।
घरदैलो अभियानमा वडा जनप्रतिनिधि, वीरगंज महानगरपालिका पञ्जीकरण शाखाका प्रतिनिधि तथा वडा कर्मचारीहरूको संयुक्त टोली परिचालन गरिएको छ । 

















प्रतिक्रिया दिनुहोस् !