Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २६, २०८३
बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

वीरगंज (पर्सा), २६ जेठ । वीरगंज महानगरपालिका–२४ को आर्थिक सहयोग तथा एडरोबोटिक्सको प्राविधिक साझेदारीमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै एकमहिने विज्ञान तथा प्रविधि तालिम सुरु गरिएको छ । तालिम श्री शारदा माध्यमिक विद्यालय, बहुअरीमा सञ्चालन भइरहेको छ । विद्यार्थीहरूमा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रति रुचि अभिवृद्धि गर्दै सिर्जनशील तथा अनुसन्धानमुखी सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

यसबाट विद्यार्थीहरूको व्यावहारिक ज्ञान, सीप र आधुनिक प्रविधिसँगको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा वडा अध्यक्ष विजय पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा वडा सदस्य सीता देवी र सदाम हुसेन, वडा सचिव सतिश श्रीवास्तव, सहायक सचिव सुरज यादवलगायतको उपस्थिति रहेको थियो ।

तालिममा सिद्धार्थ पटेल, लालबाबु गिरी र दिनेश महतोले प्रशिक्षक तथा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । कार्यक्रममा वक्ताहरूले विज्ञान तथा प्रविधिको तीव्र विकास भइरहेको वर्तमान परिवेशमा विद्यार्थीहरूलाई नवप्रवर्तन, अनुसन्धान र आधुनिक सीपसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे । सामुदायिक विद्यालयका विद्यार्थीलाई समयानुकूल तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले भविष्यमा दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यमा अघि बढाइएको यस पहललाई शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको क्षमता विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । कार्यक्रमको सञ्चालन शिक्षक यज्ञराज सापकोटाले गरेका थिए ।

Tags: विज्ञान तथा प्रविधि तालिम
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

भदौ २२, २०८३
बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

भदौ २२, २०८३
रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

भदौ २२, २०८३
वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

भदौ २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि